एउटा ब्याडको बोका जसले जिल्ला हल्लायो

 सोमवार, असार १२, २०७४ | onlinenews

१२ असार २०७४ रामेछाप


     केही दिन पहिले रामेछापको सदरमुकाम मन्थली बजार निकै तात्यो । मन्थली गर्मीले त तातेकै ठाउँ हो तर केही दिनअघि भने गार्मीले मात्र होइन एउटा ब्याडको बोका जसले मन्थलीको गर्मीलाई झन गर्मि बनायो ।
जिल्ला पशुसेवा कार्यालय रामेछापले १५ हजारको अनुदानमा ९ केजीको बोका वितरण गरेको भन्ने समाचारले मन्थली बजारमात्र होइन रामेछाप जिल्ला नै तात्यो । बोकाको विषयमा प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला पशु सेवा कार्यालय रामेछापले जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित राजनीतिक दल र पत्रकारलाई भेला गराएर आफ्नो तर्फबाट कम्जोरी नभएको भनि स्पष्टिकरण नै  दियो ।
जिल्ला पशुसेवा कार्यालय रामेछापले राष्ट्रिय पुननिर्माण कोष कार्यक्रम अन्तर्गत भूकम्प पीडितलाई अनुदानमा बोका वितरण गरेको थियो । कार्यक्रम अन्तर्गत पशुसेवा कार्यालयले खाँडादेवी गाउँपालिका वडा नं ४ पकरवासका किसान कर्णबहादुर माझीले खरिद गरेर लगेको बोको ९ केजीको मात्र भएको भनि पूर्वा संसाद तारानारायण श्रेष्ठलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्ययमहरुमा समाचार प्रकाशित भएपछि समाचारको विषयलाई लिएर जिल्लामा हंगामा मच्चिएको हो ।
यही असार ९ गते बोका वितरणमा अनियमितता भएको समाचार सञ्चार माध्ययमा आएपछि १० गते विहान जिल्ला पशु सेवा कार्यालय रामेछापले सर्वपक्षीय बैठक बोलाएर त्यस विषयमा छलफल गरेको थियो ।
छलफलमा सहभागि सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्र, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, पूर्वसांसाद तारानारायण श्रेष्ठलगायत पत्रकार र अन्य सरोकारवालाहरुको बीच ९ केजी भनिएको बोका जोख्दा २४ केजी भएपछि पूर्व सांसद तारानारायण श्रेष्ठले समेत आफ्ना अनुमान गतल भएछ भन्ने प्रक्रिया दिएका थिए । उनले भने– ‘मैले फोटो देखेको हुँ फोटोमा हेर्दा ८÷९ केजीकै जस्तो देखिन्थ्यो त्यही भएर मैले सामाजिक सञ्जालमा लेखेको हँु केही पत्रकार साथीहरुलाई पनि प्रतिक्रिया दिएको हुँ ।’
बोका वितरणमा अनियमितता भएको समाचार आएपछि फोटो खिचेर सञ्चार माध्ययममा तथा सामाजिक सञ्जालमा हालिएका सम्बन्धिक बोका र धनीलाई समेत पशु सेवा कार्यालयमा झिकाइएको थियो ।
गत वर्ष पनि बोका वितरणमा अनियमितता गरेको आरोप खेपेको जिल्ला पशु सोवा कार्यालयले यस वर्ष भने बोका कृषक आफैले खरिद गरेर ल्याउनु पर्ने र कृषकले ल्याएको बोका मापदण्ड अनुसारको भएनभएको हेरेर योग्य बोका भए कार्यालयले कृषकलाई रकम भुक्तानी गर्ने कार्यविधि बनाएको थियो ।
कृषकले अनुदान पाउँनको लागि बोकाको दुवै अण्डकोष एकै प्रकारको हुनुपर्ने, जीवित तौल कम्तीमा १८ केजी हुनुपर्ने, स्वस्थ र निरोगी हुनुपर्ने जुम्ल्याए तिम्ल्याए जन्माउने माउबाट जन्मेको हुनुपर्ने, प्रजनन् सम्बन्धि रोग नभएको र माउ तथा बाउबीच हाडनाता नभएको बोका हुनपर्ने कार्यालयले जनाएको छ ।
सो मापदण्ड पूरा गरेको बोका कृषकले खरिद गरेर ल्याएपछि जिल्ला पशु सेवा कार्यालयले १५ हजार रुपैयाँ अनुदान रकम उपलब्ध गराउने जिल्ला पशु सेवा कार्यालय रामेछापका प्रमुख डा. नारायणप्रसाद शर्माले बताए ।
कृषकले १५ हजार रुपैयाँ भन्दा माथि जति मूल्यको बोका खरिद गरे पनि कार्यालयले भने अनुदान १५ हजार रुपैयाँमात्र उपलब्ध गराउने पनि उनले बताए । भुक्तानीको लागि छनौटमा परेका कृषकले बोका खरिद गरेको नगदी भर्पाई र सम्भव भएसम्म बिक्रीकर्ताको नागरिकताको प्रतिलिपी सहित निवेदन लेखि राष्ट्रिय बाणिज्य बैंकमा खोलेको खाताको नम्बर कार्यालयमा पेश गर्नुपर्ने कार्यालय प्रमुख शर्माले बताए ।

कर्मचारीको मनोवल गिराउने काम नगर्नुहोस्

जिल्ला पशु सेवा कार्यालय रामेछापका प्रमुख डा. नारायणप्रसाद शर्माले आधारहिन कुरामा आरोप लगाएर कर्मचारीको मनोवल नगिराइदिन आग्रह गरेका छन् । जिम्मेवार र प्रतिष्ठित ब्यक्तिले नै नभएको आरोप लगाएर कर्मचारीको मनोवल गिराउने काम भएको भन्दै मनोवल गिरेपछि काम गर्न गह्रो हुने भएकाले कर्मचारीको मनोवल गिराउने काम नगर्न  डा. शर्माले आग्रह गरेका हुन् ।
उनले प्रकाशित समाचारमा पूर्वसंसाद नारानारायण श्रेष्ठको भनाइप्रति लक्षित गर्दै भने–‘आधारहिन समाचार आयो, बोका २४ केजीको छ तर ९ केजीको भनेर आयो, यसले कर्मचारीको मनोवल गिराउँछ, कर्मचारीको मनोवल गिराउने काम नगरिदिनुहोस् ।’

प्रतिकृया

Add