सुख्खा क्षेत्रमा प्रभावकारी बन्दै प्लाष्टिक पोखरी

 बिहिबार, असार १५, २०७४ | onlinenews
Share this

   १५ असार २०७४ रामेछाप


सुख्खा क्षेत्रमा प्लाष्टिक पोखरी प्रभावकारी बन्दै गएको छ । वर्षाको समयमा प्लाष्टिक पोखरीमा जमाएको पानीले हिउँदमा समेत तरकारी खेतीमा सिंञ्चाई गर्न सकिने भएकाले प्लाष्टिक पोखरी प्रभावकारी बनेको रामेछाप जिल्लाको सुख्खा क्षेत्र खाँडादेवि गाउँपालिका–३ भिरपानीका बासिन्दाको भनाई छ ।
प्लाष्टिक पोखरीमा जमाएको पानीले पुननिर्माणको लागि समेत सहयोग पुगेको स्थानीय डिलबहादुर श्रेष्ठले बताए । भूकम्प प्रतिरोधी घर निर्माणको लागि सरकारले अनुदान दिए पनि पानीको अभावमा घर निर्माण हुन नसकेको श्रेष्ठले बताए ।
 तरकारी खेती गर्न र पुनःनिर्माण अन्तर्गतका घरहरु निर्माण गर्न समेत प्लाष्टिक पोखरीबाट सहयोग पुग्ने भएकाले यो कार्यक्रम प्रभावकारी भएको कृषकको भनाई छ । प्लाष्टिक पोखरीमा जमाएको पानीले करेसाबारीमा मात्र तरकारी उत्पादन गर्न सके पनि ठूलो उपलब्धि हुने स्थानीय डिलबहादुर श्रेष्ठले बताए । अहिले प्लाष्टिकका पोखरीहरु धमाधम निर्माण भइरहेको र असारको २०÷२२ मा सबै पोखरीहरु निर्माण भइसक्ने पनि उनले बताए ।
खानेपानी समेत नपाएर काकाकूल भएका भिरपानीबासीका लागि प्लाष्टिक पोखरी कार्यक्रमले त्यहाँका स्थानीयहरुलाई तरकारी खेती र पुनःनिर्माणमा समेत राहात मिलेको अर्का स्थानीय राजेश कार्कीले बताए । प्लाष्टिक पोखरी, थलो सुधार, थोपा सिंचाई र टनेलको गोलभेडा खेतीजस्ता कार्यक्रमले भिरपानीका कृषक उत्साहित भएको उनले बताए ।
यो कार्यक्रमले करेसाबारी तरकारी खेती गरि आपूmलाई आवश्यक पर्ने तरकारी कृषक आपूmले उत्पादन गरि सवल र सक्षम कृषक बन्न प्रेरित गरेको पनि उनको भनाई छ ।
खाँडादेवि गाउँपालिकाको भिरपानी अत्यन्तै सुख्खा क्षेत्र भएकाले आफ्नो विशेष सिफारिसमा वातावरण विभाग मार्फत क्लाइमेट स्मार्ट कार्यक्रम ल्याइएको जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए ।
क्लाइमेट स्मार्ट अन्तर्गत धेरै कार्यक्रमहरु भए पनि स्थानीय तहको निर्वाचको कारण केही समय अवरोध भएकाले सबै कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको पनि उनले बताए । जिल्ला कृषि विकास कार्यालय मार्फत भिरपानीमा प्लाष्टिक पोखरी १ सय १ वटा, तरकारी खेतीको लागि प्लाष्टिक टनेल २१ वटा, बिऊ बिजन र थोपा सिंचाइको कार्यक्रम सहित ४२ लाखको कार्यक्रम स्वीकृत भएर सञ्चालन भइरहेको कार्यालय प्रमुख मल्लले जानकारी दिए ।

Share this

प्रतिकृया

Add