राहातलाई प्रभावकारी बनाउन काँग्रेस जिल्ला सभापतिहरुको माग

 मङ्लबार, साउन ३१, २०७४ | onlinenews

३१ साउन २०७४


मंगलबार राजधानीमा बसेको नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको बैठकले बाढिपीडितको लागि राहात वितरणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।
अविरल वर्षाको कारण नेपालको तराई क्षेत्रको डुवान तथा अन्य क्षेत्रका बाढिपहिरोका पीडितहरुको उद्दार तथा राहातलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्दै नेपाली काँग्रेसका सबै जिल्ला समिति राहात संकलनमा लाग्ने पनि निर्णय गरेको छ ।
बाढिपहिरोका कारण नागरिकको क्षति भएको पशु चौपया तथा खेतियोग्य जमिनको मूल्यांकन गरि मूल्यांकन अनुसारको क्षतिपूर्ति दिन पनि सभापतिहरुको बैठकले सरकारसँग माग गरेको छ ।
लोकतान्त्रिक राजनीतिक पद्दतिमा शान्तिपूर्ण आन्दोलनका रुपहरुमध्य सत्याग्रह एक महत्वपूर्ण रुप हो भन्ने मान्यतामा विश्वास गर्दै डा. केसीको जायज मागको तत्काल संवोधन गरि उहाँको जीवन रक्षा गर्न नेपाल सरकार र सम्बन्धित सबै पक्षसँग माग गर्दछौं, वैठकको निर्णयमा उल्लेख छ ।
साथै सभापतिहरुको बैठकले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गरेको र पराजय भएको स्थानको बारेमा समीक्षा गर्दै त्यसको कारणको बारेमा समेत छलफल गरेको नेपाली काँग्रेस रामेछापका सचिव विष्णु बस्नेतले जानकारी दिए ।
साथै आसन्न २ नम्बर प्रदेशको निर्वाचन, प्रदेश र संघीयत निर्वाचनमा पार्टीको सशक्त उपस्थितिको वातावरण निर्माणको लागि जिल्ला सभापतिहरुको भेला यथाशिघ्र गर्ने र त्यसको लागि केन्द्रीय नेतृत्वसँग समन्वयात्मक पहल गर्ने निर्णय पनि भएको बस्नेतले जानकारी दिए ।
राजधानीमा उपलब्ध सभापतिहरुको बीच बसिएको बैठकमा १६ जिल्लाका सभापतिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add