चारघरेको अध्यक्षमा सुनुवार

 बुधबार, साउन ३२, २०७४ | onlinenews

१ भदौ २०७४ रामेछाप


  चारघरे सेवा समिति रामपुरको अध्यक्षमा दिल सुनुवार चयन भएका छन् । सोमबार आयोजना गरिएको २३ औं साधारणसभा तथा १२ औं अधिवेशनले सुनुवारलाई अध्यक्ष पदमा चयन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष–सबिता सुनुवार, सचिव– इन्द्र मगर र कोषाध्यक्षमा सन्त श्रेष्ठ चयन भएका छन् । त्यसैगरी अन्य सदस्यहरुमा टेक श्रेष्ठ, श्याम मगर, सुर्ज श्रेष्ठ, भक्तकुमारी श्रेष्ठ र मुना श्रेष्ठ रहेकी छन् ।
साधारण सभाकाबीच चारघरे सेवा समितिको भवन निर्माणको लागि आर्थिक सहयोग गर्ने कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो । सहयोग गर्ने कर्मचारीहरुलाई सम्मान–पत्र प्रदान गरि सम्मान गरेको हो ।

प्रतिकृया

Add