करेण्ट लागेर एकको मृत्यु

 बिहिबार, भदौ १५, २०७४ | onlinenews

१५ भदौ २०७४ रामेछाप


रामेछापको सदरमुकाम मन्थलीस्थित हाटेचौरमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ । सहकारी बंगुर पालन फर्मका सञ्चालक मंगेल तामाङकी आमा ५८ वर्षकी मैना तामाङको करेण्ट लागेर ज्यान गएको हो ।
बंगुर फर्म सफा गर्न तामाकोसी नदीमा करेण्टबाट पानी तान्ने क्रममा तामाङलाई करेण्ट लागेको हो । पानी तान्न प्रयोग गरिएको विद्युतको स्वीच आफ नगरि पानी तान्ने मोटरमा विद्युतको तार जोड्न खोज्दा करेण्ट लागेको बताइएको छ ।
तामाङको शबलाई पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ ।

प्रतिकृया

Add