धादिङमा मकै उत्पादन दोब्बरले वृद्धि

 शुक्रबार, अशोज २०, २०७४ | onlinenews

२० असोज २०७४ धादिङ


गत वर्षको तुलनामा यस वर्ष धादिङमा मकै उत्पादन दोब्बरले वृद्धि भएको छ । गएको वर्ष प्रतिहेक्टर जमिनमा १ दशमलव ९७ मेट्रिकटन मकै उत्पादन भएकोमा यस वर्ष भने ३ दशमलव ०७ मेट्रिकटन मकै उत्पादन भएको हो ।
सरकारले कृषिमा आधुनिकीकरण गरी मकैको उत्पादन बढाउनका लागि धादिङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेको छ ।
कार्यक्रम लागू भएपछि कृषिमा यान्त्रीकरण र वैज्ञानिक तरिकारले मकैखेती गर्नका लागि प्राविधिक सहयोग र खेती गर्नका लागि आवश्यक पर्ने यन्त्रहरु साथै उन्नत जातको मकैको बीउसमेत किसानहरुलाई दिइएको थियो ।
जिल्ला कृषि विकास कार्यालय धादिङकाअनुसार धादिङ जिल्लाभर १९ हजार ३ सय ५ हेक्टर जमिनमा मकैखेती हुने गरेको छ । यस वर्ष ५९ हजार २ सय ६६ मेट्रिकटन मकै उत्पादन भएको जनाइएको छ ।
धादिङको उच्च पहाडी भागमा स्थानीय प्रजातिको मकै लगाउने गरिएको छ भने अरु स्थानमा वर्णशंकर प्रजातिका मकैको बीउ लगाउने गरिएको छ । आगामी वर्ष उत्पादन थप वृद्धि हुने जिल्ला कृृषि विकास कार्यालय धादिङले विश्वास गरेको छ ।

 

प्रतिकृया

Add