काठमाडौंको कमदालीबाट गोली चलाउने दुई भारतीय पक्राउ

 बुधबार, कार्तिक १५, २०७४ | onlinenews

१५ कात्तिक २०७४ काठमाडौं


काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।
पक्राउ पर्नेमा भारत पञ्जावका जसवित सिंह र हरदेवेन्द्र सिंह रहेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ वटा गोली बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरिय प्रहरी प्ररिसर काठमाडौंले जानकारी दिएको छ ।

प्रतिकृया

Add