गुण्डानाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

 बुधबार, फाल्गुन ९, २०७४ | onlinenews

गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ ।
बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको हो ।
बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।
एसपी ज्ञवालीले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन् । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ ।
पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि मनोज केन्द्रीय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजीको सूचीमा थिए ।

प्रतिकृया

Add