रामेछापको उमाकुण्ड खुल्ला दिसामुक्त घोषणा

 बुधबार, फाल्गुन ९, २०७४ | onlinenews

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकालाई खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ ।
प्रितिको च्यादलुमा आयोजित एक कार्यक्रमकाबीच रामेछाप जिल्ला प्रदेश नम्बर ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरि उमाकुण्डलाई खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरेका हुन् ।
खुल्ला दिसामुक्त घोषणा गरिएको गाउँपालिकाहरु मध्य उमाकुण्ड चौथो गाउँपालिका हो ।
खुल्ला दिसामुक्त घोषणा कार्यक्रमकालाई संवोधन गर्दै प्रदेशसभा ‘क’ का सांसद शान्तिप्रसाद पौडेलले गाउँपालिका खुल्ला दिसामुक्त हुनु सरसफाई र सभ्यताको क्षेत्रमा एउटा उपलब्धी भएको बताए ।
सरकारले लिएको सहश्रादी लक्ष्य अनुसारै उमाकुण्ड खुल्ला दिसामुक्त गाउँपालिका घोषणा भएको पनि उनले बताए । पौडेलल खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गर्नको लागि सहयोग पु¥याउँने सहयोगी संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन पनि गरे ।
गाउँपालिकका भित्रको सबै घरहरुमा शौचालय निर्माण भइसकेकाले खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरिएको गाउँपलिका अध्यक्ष शेरबहादुर सुनुवारको बताए ।

प्रतिकृया

Add