कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) को ३१ औं वार्षिकोत्सवको अवसरमा कुमारी भिजन बिमोचन

 शनिबार, फाल्गुन १२, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल ।


काठमाडौं / कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालले आफ्नो ३१ औं वार्षिकोत्सव अवसरमा कुमारी भिजन स्मारिका विमोचन गरेको छ । त्यसैगरी अभिभाव दिवस पनि मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवं शिक्षासेवी बसन्तप्रकाश शर्मा नेपालले सचेत र देशभक्त नागरिक उत्पादनमा विद्यालयको ठूलो भूमिका हुने बताए ।
शिक्षा कसैले चोर्न, लुट्न नसक्ने र बाडेर पनि नसकिने अरुलाई बाढ्दा बरु बढ्ने बताए । शैक्षिक क्षेत्रमा केब्सले गरेको प्रगति र सफलताको प्रमुख अतिथि शर्माले खुलेर प्रसंसा समेत गरेका थिए ।

 

 साथै आगामी दिनको लागि सफलताको पनि कामना गरेका छन् । पछिल्लो समय मौलिक परम्परा र संस्कृति विर्सन थालेकोमा भने शार्माले चिन्ता ब्यक्त गरे ।
कुमारी आवासी माध्यमिक विद्यालयका प्रिन्सीपल मनोजप्रसाद भट्टराईले गुणस्तरीय शिक्षासँगै खेलकुद क्षेत्रलाई पनि संगसँगै अघि बढाएको बताए ।
सोही अवसरमा २०७३ को अन्तिम परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र हाउस अफ द एअरलाई पुरस्कार पनि प्रदान गरिएको छ । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि  शर्माले वितरण गरेका थिए । विद्यालयको प्रिन्सीपल मनोजप्रसाद भट्टराईले विद्यालयको तर्फबाट अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत    प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयको तर्फबाट स–प्रधानाध्यापक सुरेश भट्टराईले मन्तब्य राखेको थिए भने कुमारी एकेडेमीका कोअर्डिनेटर हेमन्त पराजुलीले स्वागत मन्तब्य राखेका थिए ।

 

 

 

 

प्रतिकृया

Add