गौश्वारमा धुम्रपान, मध्यपान र जुवातास रहित नमूना वडा अभियान आरम्भ

 शनिबार, फाल्गुन २६, २०७४ | onlinenews

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारलाई धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा बनाउने अभियान सञ्चालन आरम्भ गरिएको छ ।
धुम्रपान, मध्यपान सेवन र जुवातास जस्ता आसमाजिक कार्य गर्नबाट वडालाई मुक्त गराई नमूना वडा बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएका बडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ले बताए ।
वडा अध्यक्ष चन्द्रबहादुर मगरको अगुवाइमा धुम्रपान, मध्यपान र जुवातास मुक्त नमूना वडा अभियान सञ्चालन गरिएको हो ।
ध्रुमपान र मध्यपानले मानिसको स्वास्थ्यमा दिनदिनै प्रतिकूल असर पर्दै गएकाले वडाबासीलाई स्वस्थ बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको वडा अध्यक्ष मगरले बताए ।
“धनको क्षति स्वास्थ्यमा खति, रोगले भन्दैन जातिपाती” भन्ने नाराका साथ नमूना वडा अभियान सञ्चालन गरिएको हो । बालकालिकाको सुनौलो भविष्य निर्माणको लागि यो अभियान सञ्चालन गरिएको पनि वडा अध्यक्ष चन्द्रबहादुर मगरले बताए ।
यो अभियानलाई सफल पार्नको लागि सुर्ति र सुर्तिजन्य पदार्थ बेचबिखन र सेवन नियन्त्रण ऐन २०६७ कडाइका साथ लागू गरिने पनि वडा अध्यक्ष मगरले बताएका छन् ।
यही फागुन २३ गतेदेखि सञ्चालन भएको अभियान अन्तर्गत चैत्र ५ गतेसम्म सचेतना कार्यक्रम सञ्चालन गर्ने, फागुन १६ गतेदेखि कार्यक्रम लागू भएनभएको बारेमा अनुगमन गरिने वडा अध्यक्ष मगरले बताएका छन् ।
ध्रुमपान, मध्यपान सेवन र जुवातास खेलेको पाइएमा पहिलो पटक १ हजार रुपैयाँ जरीवाना गर्ने, दोश्रो पटक भेटिएमा २ हजार रुपैयाँ जवारी गर्ने र तेश्रो पटक भेटिएमा ३ हजार रुपैयाँ जरिवाना साथै प्रशासनिक कारबाही पनि थालिने वडा अध्यक्ष मगरले जानकारी दिए ।

प्रतिकृया

Add