विपन्नमुखी आयआर्जन कार्यक्रमको अनुगमन

 शनिबार, फाल्गुन २६, २०७४ | onlinenews

गरिबी निवार कोष अन्तर्गत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले सञ्चालन गरेको विपन्नमुखी आयआर्जन कार्यक्रमको अनुगमन गरिएको छ ।
गरिब तथा विपन्न वर्गको लागि जीविकोपार्जन र आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गरिबी निवारण कोषले सामाजिक परिचालन, क्षमता विकास, भौतिक पूर्वाधार निर्माण र आयआर्जनका कार्यक्रम २०६१ सालदेखि सञ्चालन गर्दै आएको छ ।
जस अन्तर्गत रामेछाप जिल्लाको जुनार पकेट क्षेत्र रामेछाप नगरपालिका–६ ओख्रेनीको जुनार बगैँचा, जुस प्रशोधन लगायत आयआर्जनमूलक कार्यक्रमको अनुगमन गरेको हो ।
स्थानीय स्तरमा जुनारको जुस प्रशोधनका लागि दुई वर्ष पहिले गरिबी निवारण कोषले २ कोठे भवन समेत निर्माण गरिदिएको थियो ।
त्यसैगरी जुस प्रशोधनको लागि आवश्यक पर्ने उपकरण, औजार खरिद तथा ब्यवस्थापनको लागि जुनार कृषि सहकारीलाई २४ लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
बजारमा जुसको बढ्दो मागसँगै घरेलु प्रविधिबाट प्रशोधन गरिएको जुसले माग धान्न नसकेपछि प्रशोधनलाई आधुनिकीकरण गरि प्रशोधनलाई सहज बनाउने उद्देश्यले कोषले आर्थिक सहयोग गरेको थियो ।

गरीबी निवारण कोषको अनुदानमा रामेछाप नगरपालिकाको ४ वटा वडा र लिखु तामाकोशी गाँउपालिकाको २ वटा र मन्थली नगरपालिकाको १ वडामा कार्यक्रम सञ्चालन भइरहेको छ ।
अनुगमनको क्रममा जुनारको बगैँचा व्यवस्थापन, जुनार प्रशोधन तथा जुस उत्पादनलाई ब्यवस्थित बनाउने बारेमा पनि छलफल भएको छ ।
जुनार कृषि सहकारीले वार्षिक ५० हजार लिटर स्क्वास बनाउने लिक्विड उत्पादनका साथै जुनार गे्रडिङ्ग प्याकेटिङ्ग र बिक्रीबितरण गर्दै आएको छ । जसकाबाट तीन जाले पूर्ण र १३ जनाले आंशिक रोजगारी पाएका छन् ।
त्यसैगरी साँघुटार थाक्लेबेशी निर्माणाधिन लिफ्ट खानेपानी योजना साँघुटारको पनि अनुगमन गरिएको छ ।
गरीवी निवारण कोषको ४१ लाख १९ हजार ६ सय ६ रुपैंया आर्थिक अनुदानमा निर्माण भइरहेको खानेपानी योजनाबाट १ सय ३७ घरधरी लाभान्वित हुनेछन् ।
फलाटे खोलाबाट लिफ्ट गरेर ल्याउन लागिएको सो खानेपानी योजनाको ट्याङ्की निर्माणको काम सकिइसकेको छ भने पाइपलाइन खन्ने काम भइरहेको छ ।
गरिबी निवारण कोषको आर्थिक अनुदान बाहेक स्थानीय उपभोक्ताले नगद ३ लाख १ हजार, पाइपलाइन निर्माण र स्थानीय ढुवानीको लागि ११ लाख बरावरको श्रमदान गर्नुपर्ने छ ।

त्यसैगरी १ लाख ४६ हजार रुपैयाँको ठूली पँधेरो खानेपानी योजना र १ लाख ९ हजारको कुडुले मुहान खानेपानी योजनाको पनि अनुगमन गरिएको छ । भूकम्पले क्षति पु¥याए अवरुद्ध भएको खानेपानीका पुनःनिर्माण गरि सञ्चालनमा आइसकेको छ ।
ठूली पँधेरो खानेपानी योजनाबाट २६ घर र कुडुले खानेपानी योजनाबाट १८ घर परिवार लाभान्वित छन् ।
अनुगमनमा रामेछाप नगरपालिका–६ का अध्यक्ष– धनबहादुर खड्का, वडा नम्बर ३ का अध्यक्ष–भुपालराज श्रेष्ठ, संस्थाका विपन्नमुखी जीविकोपार्जन कार्यक्रमका फोकल पर्सन–अगमबहादुर थापामगर, सह सचिव–धनमाया मगर, कार्यक्रम संयोजक र सम्वन्धित वडाका सामाजिक परिचालकको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add