नौलो सुपरसिटी परिवर्तन भएर कुशेश्वर बन्यो

 मङ्लबार, चैत्र १३, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लालाई केन्द्र बनाई सञ्चालन हुँदै आएको नौलो सुपरसिटी यातायाता सेवा समितिको नाम परिवर्तन भएर कुशेश्वर यातायात सेवा समिति भएको छ ।
नौलो सुपरसिटी यातायात कम्पनीको नाम परिवर्तन गरि कुशेश्वर यातायात सेवा प्रा.लि राखिएको हो ।
कुशेश्वर यातायात सेवा समितिको केन्द्रीय कार्यालय रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा रहने छ भने काठमाडौंको लागि शाखा कार्यालय कोटेश्वरमा रहने कुशेश्वर यातायात सेवा समितिका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिए ।
सो यातायात सेवा समितिले रामेछाप जिल्ला लगायत दोलखाको जफे हुँदै तामोकोसीसम्म र मध्य पहाडी राजमार्ग अन्तर्गत ओखलढुङ्गाको घुर्मिसम्म माइक्रो बस सेवा सञ्चालन गर्दै आएको छ ।
काठमाडौंबाट रामेछापको लागि ट्राफिक उपकरणहरु निःशूल्क ढुवानी गर्दै आएको र आवश्यक परे आगामी दिनमा निःशूल्क ढुवानी गरिदिने समितिले बताएको छ ।
त्यसैगरी रामेछाप बासीलाई आपत् विपद परेको बेला निःशूल्क र अशक्त, विरामी र गर्भवति महिलालाई सहुलीयत दरमा सेवा दिदैं आएको पनि अध्यक्ष मैनालीले बताए ।
पैसा कमाउने भन्दा पनि सहुलीयत सेवा दिने उद्देश्यले यातायात सेवा सञ्चालन गरिएको मैनालीको भनाई छ । पूर्वका सबै क्षेत्रमा यातायात सेवा विस्तार गर्ने तयारी भइरहेको पनि उनले बताए ।

प्रतिकृया

Add