BREAKING NEWS: कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीमा निधन

 शुक्रबार, चैत्र १६, २०७४ | onlinenews

काठमाडौँ — कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीमा निधन भएको छ । खड्काको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको काँग्रेस प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए ।
फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शाहले निधन भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले ट्वीटरमा भनेका छन्, ‘ भारत दिल्लीको अपोलो अस्पतालमा उपचाररत कांग्रेस नेता खुमबहादुर खड्काको भर्खरै निधन भएको छ  | उहाँको आत्माले शान्ति प्राप्त गरोस् , कामना गर्दै,परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
४ फागुनमा बाथरुममा लडेर छाती र मिर्गौलामा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उनलाई त्यहाँ सुधार नभएपछि    एपोलोमा लगिएको थियो ।
उनको   त्यहाँ आइसीयुमा राखेर उपचार भएपनि सुधार हुन सकेको थिएन  ।

प्रतिकृया

Add