रामेछापको ठोसेमा बस दुर्घटना, एसइई दिएर फर्केका १ विद्यार्थीको मृत्यु ११ घाइते

 आइतवार, चैत्र १८, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा अरनिको सुपर एक्सप्रेस गाडी आइतबार अपराहन्न दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
एसइई परीक्षा दिएर घर फर्केका उमाकुण्ड गाउँपालिका ३ बाम्तीका १८ वर्षिय सुवास गजमेरको मत्यु भएको हो । दुर्घटनामा परि घाइते भएका गजमेरको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते मध्यय ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
काठमाडौंबाट रामेछाको बाम्ती जाँदै गरेको बा ३ ख २६९५ नम्बर बस ठोसेस्थित दोर्जेको उकालोमा दुर्घटना भएको हो ।
गाडी उकालो चढ्दै गर्दा टायर पञ्चर भएर सडकमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
घाइतेहरुलाई उपचारको लागि दोलखाको जिरी अस्तलात पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकरी दिएको छ ।
दुर्घटना भएको गाडीमा अधिकांश एसइई परीक्षा दिएर घर फर्केका विद्यार्थी रहेको बताइएको छ ।

प्रतिकृया

Add