क्षेतिग्रस्त धार्मिक सम्पदाको पुननिर्माणले गति लिन्छ : श्रेष्ठ

 सोमवार, बैशाख १७, २०७५ | onlinenews

रामेछाप-रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठले भूकम्पले क्षतिग्रस्त बनाएको धार्मिक सम्पदाको पुनःनिर्माणले आगामी दिनमा गतिलिने बताएका छन् ।
भूकम्पले क्षतिपु¥याएको रामेछापका गुम्बा र मठमन्दीर लगायतका धार्मिक सम्पदाको पुननिर्माणले अब तीब्रता पाउने बताएका हुन् । २५६२ औँ वुद्धजयन्तीको अवसरमा नेपाल मगर संघ रामेछापको आयोजना र बौद्ध गुम्बा बिहार संरक्षण संघ रामेछापको सहआयोजनामा गरिएको बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।
भूकम्प गएको तीन वर्षसम्म पनि जिल्लाका गुम्बा तथा धार्मिक स्थालकोहरुको पुननिर्माण हुन नसक्नु दुःखद भएको उनले बताए । सांसद श्रेष्ठले जिल्लाको प्रतिनिधि र संसदको पुननिर्माण परामर्श समितिको सदस्यको हैसियतले जिल्लाका क्षतिग्रस्त गुम्बा तथा धार्मिक मठमन्दीरहरुको पुननिर्माणमा पहल कदमीलिने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।
रामेछापका भुकम्पप्रभावितले सरकारी अनुदान प्राप्त गर्नका लागि हैरानी खेप्नुपरेको गुनासो धेरै आएको भन्दै त्योे समस्या समाधानको लागि पनि आफ्नो ध्यान केन्द्रित भएको सांसद श्रेष्ठले बताए ।
पूर्व गृहराज्यमन्त्री समेत रहेका सांसद श्रेष्ठले गौतम बुद्धको जन्म भूमि लुम्बिनीका बारेमा केही देशहरुले विवाद गरिरहेको बताउँदै त्यस्तो विवाद गर्नुको कुनै औचित्य नरहेको बताए ।
विश्वको कयौं देशहरुले गौतम वुद्धले प्रतिपादन गरेको विश्व शान्ति र अहिंसा लगायतको सिद्धान्तको अनुसरण गर्दै आएको पनि उनले बताए ।
बुद्धजयन्तीको अवसरमा आयोजीत कार्यक्रमलाई संवोधन गर्ने क्रममा सांसद श्रेष्ठले निर्वाचनको बेलामा आपूmले जनतासँग राखेको विकास निर्माणको योजना कार्यान्वयनको लागि अहोरात्र लागिपर्ने बताए ।
कार्यक्रममा रामेछापको प्रदेश ‘क’ का सांसद शान्तिप्रसाद पौडेल, पुर्वसभासद तारानारायण श्रेष्ठ, जिल्लाका राजनैतिक दल, बुद्धिजीवि, समाजसेवि कलाकार लगायत स्थानीयको भब्य सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुतिसंगै झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपहिले सदरमुकाम मन्थलीमा ¥याली समेत निकालिएको थियो ।

प्रतिकृया

Add