रामेछापको सदरमुकाम मन्थलीको बसपार्क क्षेत्र डुवानमा

 सोमवार, बैशाख ३१, २०७५ | onlinenews

गए रातिदेखि परेको अविरल वर्षको कारण आएको बाढीले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीको बसपार्क क्षेत्र डुवानमा परेको छ ।
वर्षाको कारण माथिल्लो भागबाट आएको खहरेले बसपार्क क्षेत्र डुवाएको हो । खहरेले बसपार्क पूरै बगरमा परिणत गरेको छ भने त्यस क्षेत्रमा रहेको घरहरुमा समेत क्षति पु¥याएको छ ।
मन्थली आसपासका खहरेहरुमा आएको बाढीले अब्यवस्थित रुपमा खनिएका सडकबाट माटो र गेगर बगाए ल्याउँदा मन्थलीको वसपार्क क्षेत्र साथै भैसेश्वर चोक, ट्राफिक चोक र आकाशे एरियामा समेत क्षति पु¥याएको छ ।
खहरेले बसपार्कमा पार्किङ्ग गरिका गाडी समेत पुरेको थियो । पुरिएका गाडीहरु स्काभेटर लगाएर निकालिए पनि बसपार्क क्षेत्र भने बाढीको उच्च जोखिममा रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
सदरमुकामको बसपार्क क्षेत्र खहरेको जोखिममा परेकाले ब्यवस्थापनको विषयमा तत्काल सोच्नुपर्ने अवस्था सिर्जना भएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।
खहरले ठाउँठाउँमा सडक समेत अवरोध गरेपछि मन्थलीबाट काठमाडौं र दोलखा जिल्ला जाने सवारी साधान समेत प्रभावित बनेको छ । सडक अवरोध भने दिउसोबाट हटाइएको छ ।

प्रतिकृया

Add