प्रम ओली र सभापति देउवा विरुद्ध नेविसंघको नाराबाजी

 शुक्रबार, जेष्ठ ११, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं- नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओली र नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध नाराबाजी गरेका छन् ।
नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरेको हो ।
प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।
जुलुसमा नेतृत्व नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले र मनोजमणि आचार्यले गरेका थिए ।
बिरोध सभामा नेबिसंघ महामन्त्री कुन्दन राज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नवीन राई, नेता दीपक भट्टराई, डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैद्य लगायतले सम्बोधन गरेका थिए ।
कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका नारा लेखिएका ब्यानर बोकेका थिए ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारको विरोधमा नेविसंघ सडकमा उत्रिएको हो ।
नेविसंघका कार्यकर्ताले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा सहित नाराजुलुसमा उत्रिएका थिए ।

प्रतिकृया

Add