बोलेर दुर्घटनामा चालक गम्भीर घाइते

 शनिबार, जेष्ठ १९, २०७५ | onlinenews

रामेछाप– रामेछापको मन्थलीस्थित हात्तिटारमा बोलेर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा चालक बारा जिल्लाको निजगड निवारी २४ वर्षिय रोहीत सुवेदी घाइते भएका हुन् । सेवेदीको टाउँकोमा गम्भीर चोट लागेको छ ।
सिन्धुलीको खुर्कोटबाट मन्थलीतर्फ आउँदैै गरेको बा १४ च ३७२३ नम्बरको बोलेरो जीप विपरीत दिशाबाट आइरहेको ट्याक्टरलाई साइड दिने क्रममा सडकको डिलबाट खसेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बोलेरोमा अन्य यात्रु भने नभएको प्रहरीले बताएको छ । बोलेरो सडक बाट करिब ४ सय मिटर तल खोल्सामा पुगेको थियो । घाइते चालकलाई तामाकोसी सहकारी अस्पताल मन्थलीमा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

प्रतिकृया

Add