ट्रेड युनियन काँग्रेसमा पौडेल–सिटौलाको बर्चस्व

 आइतवार, असार ३, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं– नेपाल ट्रेड युनियन काँग्रेसमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बर्चस्व भएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनमा पौडेल–सिटौला पक्षका प्यानल नै कार्यसमितिमा आएको छ ।
पौडेल–सिटौला पक्षका पुष्कर आचार्यसहित प्यानल नै विजयी भएको हो ।
आचार्यले ८ सय १८ मत ल्याएर विजयी भएका हुन भने उनका प्रतिस्पर्धी खिला दाहालले ५ सय ३३ मत ल्याएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर खिलाको प्यानलबाट एक जना खुल्ला सदस्य धु्रवचन्द्र गौतम बाहेक सबै पराजय भएका छन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादवले ६ सय ६८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अयोध्याप्रसाद यादवले ५ ६सय ७ मत ल्याएका छन् ।

प्रतिकृया

Add