बोक्सी भगाउन भन्दै विरामीलाई तातो फलामले डाम्ने पक्राउ

 बिहिबार, असार ७, २०७५ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँँपालिका–१ की विरामी महिलाको शरीबाट बोक्सी भगाउँन भन्दै तातो फलामले डामेर घाइते बनाउन एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पेटको रोगको समस्या भएकी लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँकी २६ वर्षीय सरिता दर्जीलाई बोक्सीले दुःख दिएको भन्दै ती युवाले बोक्सी भगाइदिन्छु भनि तातो फलामले डामेको पीडितको परिवारले बताएको छ ।
बोक्सी निकालेर फालिदिन्छु भन्दै महिलाको गालामा तातो फमामले डाम्ने ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका–२ रगनीका ३५ वर्षिय रविन्द्र नेवारलाई प्रहरीले पक्राउ गरेको हो ।
सरिताको पारिवारिक श्रोतकाअनुसार केही महिनादेखि पेटको रोगबाट ग्रसित सरिताको गाउँमा उपचार गर्दा ठीक नभएपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो ।
उपचारको लागि काठमाडौं पुगेकी सरिता बास बस्न आफ्नै नन्देभाई रविन्द्रको कोठामा पुगेकी थिइन ।
आफ्ना स्वास्थ्य अवस्थाको बरेमा नन्देभाइलाई सुनाएपछि बोक्सी लागेको हुनसक्ने भन्दै सरितालाई अस्पताल नै नपठाई उनले गाउँमै लिएर आएका थिए ।
गत जेठ २४ गते घरमै धामी बस्दा सरितालाई कुनै रोग शरीरमा नभएको तर वोक्सीले दुःख दिएकाले शरिरबाट बोक्सी भगाइदिने भन्दै सिस्नो पानीले हान्ने र तातो फलामले दाहिने गालामा डामेपछि सरिता बेहोस भएकी थिइन ।
बिरामी बेहोस भएपछि धामी रबिन्द्र फरार थिए । बोक्सी भगाउने भन्दै सिस्नो पानी र तातो फलामले डामेपछि सहन नसकेर असह्य भएकी सरिताले धामी बसेर रोग ठिक पारिदिने भन्दै आपूmलाई थप पीडा दिएको भन्दै जिला प्रहरी कार्यालयमा बोक्सी ऐन २०७२ अनुसार उजुरी दर्ता गराएकी थिइन ।
उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी खटिई धामी रविन्द्रलाई काठमाडौंबाट पक्राउ गएिको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले बताए ।

प्रतिकृया

Add