मुस्ताङको स्याङ्बोचेमा टिप्पर दुर्घटना १९ जनाको मृत्यु, १३ घाईते

 शुक्रबार, असार २२, २०७५ | onlinenews

मुस्ताङ/ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने मजदुरको संख्या १९ पुगेको छ । दुर्घटनामा १३ मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोर अन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको टिप्पर शुक्रबार अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेःटीको हेलिकप्टरमार्फत पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाँच जनालाई मुस्ताङ सदरमुकाम जोमसोममा उपचार भइरहेको छ । भने अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए ।
घटनास्थल जोमसोमदेखि ५० किमीको दूरीमा रहेको जनाइएको छ । प्रजिअ पौडेलका अनुसार उद्धारका लागि घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् । जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काले बताए ।
दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्सट्रक्सनले लिएको बेनी–कोरला सडक खण्डका इञ्जिनियर जगत प्रजापतिले बताए । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add