सडक कालोपत्रे भएको ५ महिनामै फुटेर चिराचिरा

 मङ्लबार, साउन ८, २०७५ | onlinenews

 रामेछाप-रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबाट पुरानो सदरमुकाम रामेछाप बजार जोड्ने १७ किलोमिटर सडक खण्ड कालोपत्रे भएको ५ महिनामै फुटेर चिराचिरा भएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहायतामा सन २०१७ को फेब्रुअरी महिनासम्म सम्पन्न गर्ने गरी बज्रगुरु कन्सट्रक्सन प्रा.लि.ले सो सडक कालोपत्रेको जिम्मा लिएको थियो ।
तर सम्झौताको समय भन्दा एकवर्ष ढिला गरि सम्पन्न गरिएको सो सडक पाँच महिना नवित्दै फुटेर चिराचिरा भएपछि यातायात सञ्चालन गर्न समेत जोमिख भएको छ ।
मन्थलीदेखि रामेछापसम्म १७ किलोमिटरको बीचमा दर्जन भन्दा बढि ठाउँमा सडक भासिनुका साथै चिरा परेको छ भने अधिकाँस ठाउँमा सडकमाथिबाट पहिरो झरेर सडक पुरिएको छ ।
सडक कालोपत्रे गर्ने क्रममा भित्तो काटेर थुपारिएको माटो माथि नै कालोपत्रे गरिएको र कालोपत्रे राखेर आवश्यकता अनुसारको कम्प्रेसन नदिएको कारण सडक भासिएको सोही सडकका सुपरभाइजर ध्रुव कार्कीले बताए ।
“सो क्षेत्रको जमिन पनि केही कम्जोर रहेको र कालोपत्रे गर्दा जति कम्प्रेशन दिन पर्ने हो, त्यति कम्प्रेशन नदिएको कारण सडक भासिएको हो”कार्कीले भने ।
सडकमा कालोपत्रे राखिसेकपछि भाइब्रेट मेसिनले पेल्नु पर्ने भए पनि आवश्यकता अनुसार नपेलेको स्थानीय हरिकुमार बुढाथोकीको भनाई छ ।
सडक निर्माण भइरहँदा ठेकेदारले लापर्वाही गरेपछि सडक निर्माणमा निगरानी राख्नको लागि स्थानीयले नागरिक निगरानी समिति समेत बनाएका थिए ।
निर्माणमा ठेकेदारको लापर्बाहीलाई नागरिक निगरानी समितिले समेत बेवास्ता गर्दा सडक बिग्रिएको स्थानीय हरिप्रसाद घिमिरको आरोप छ ।
सडक निर्माणको क्रममा ठेकेदारले लापर्वाही गरेको कुरा पटक–पटक एडिविलाई जानकारी गराउँदा पनि बास्ता नगरेको रामेछाप नगरपालिका–८ का वडा सदस्य सन्तोष कुमार तामाङले गुनासो गरे । जनप्रतिनिधिको हैसियले आपूmले सम्बन्धित निकायमा पटक–पटक कुरा उठाएको भए पनि सुनुवाई नभएको तामाङको भनाई छ ।
मन्थली–रामेछाप सडक १४ करोड ६५ लाख रुपैयाँमा कालोपत्रे गरिएको हो । सो सडक निर्मण भइरहेको बेलामा पनि काम गुणस्तरीय नभएको भनि स्थानीय उपभोक्ताले पटक–पटक गुनासो गरेका थिए ।

प्रतिकृया

Add