सवारी दुर्घटना कम गर्न सांकेतिक चिन्ह

 मङ्लबार, साउन ८, २०७५ | onlinenews

राजिव कार्की


रामेछाप– सवारी दुर्घटनालाई कम गर्न रामेछाप सदरमुकाम मन्थलीको मुख्य सडकको विभिन्न ठाउँमा सांकेतिक चिन्हहरु राखिएको छ । बजार क्षेत्रको सडकमा ट्राफिक व्यवस्थापन गरी सवारी दुर्घटना हुन नदिन मन्थली नगरपालिका , जिल्ला ट्राफिक प्रहरी कार्यालय र तामाकोसी ढुवानी सेवा समितिले विभिन्न सचेतनामूलक अभियान संचालन गरिरहेका छन् । सोही अभियान अन्तर्गत सोमबार बजार क्षेत्रको विभिन्न ठाउँमा ट्राफिक नियम र सवारी संग सम्बन्धीत विभिन्न सांकेतिक चिन्ह्हरु राखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको पछिल्लो तथ्याक अनुसार रामेछापका एक वर्षको अवधिमा १८ ओटा सवारी दुर्घटनाका घटना घटेका छन् जसमा १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै नियम विपरित चल्ने सवारी साधनको संख्या पनि उल्लेख्य रहेको तथ्यांकले देखाउछ ।
यसैविच मन्थलीमा भएको सरोकारवाला विचको छलफलले मन्थली बजार क्षेत्रमा कुनैपनि सवारी साधनलाई २० भन्दा बढि गतिमा संचालन गर्न नदिने , प्रेसर हर्न बजाउन नपाउँने यसअघिको निर्णयलाई कढाईकासाथ लागु गर्ने निर्णय समेत भएको छ ।

प्रतिकृया

Add