दुई कार्यालय प्रमुखको एकैदिन विदाई

 सोमवार, भदौ ४, २०७५ | onlinenews

राजिव कार्की


रामछाप– रामेछाप जिल्लाका दुई सरकारी कार्यालय प्रमुखको एकैदिन विदाई गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाशप्रसाद शाह र जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.नारायणप्रसाद शर्मालाई एकदिन विदाई गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले उनीहरुलाई विदाई गरेका हुन् ।
सरकारी निकायका प्रमुखहरुले दुई कार्यालय प्रमुखहरुले रामेछापमा रहेर आ–आफ्नो क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।
यसअघि स्वास्थ्य प्रमुख डा.शाहलाई जिल्ला अस्पताल रामेछापमा पनि सम्मान तथा विदाई गरिएको थियो । डा. शाह ३ वर्ष अघि जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख भएर रामेछाप आएका थिए ।
विदाई कार्यक्रमलाई संवोधन गर्दै डा. प्रकाशले जिल्लाको नागरिकको साथ र सहयोगबाट रामेछाप जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए ।
जिल्लाका विभिन्न ठाउँमा शहरी स्वास्थ्य केन्द्रको स्थापना तथा जिल्लाको सिंगो स्वास्थ्य क्षेत्रको सुधारका निमित्त डा. शाहले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यसैगरी पशुसेवा कार्यालयका रामेछापका प्रमुख डा. नारायणप्रसाद शर्माले रामेछापको पशु क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वा गरेका थिए । दुई डाक्टरको विदाईसँग रिक्त रहेको कार्यालय प्रमुखको पदमा छिट्टै अर्को प्रमुख आएर जिम्मेवारी सम्हाल्ने विश्वास व्यक्त गरे ।

प्रतिकृया

Add