७० वर्षिय बृद्धलाई पनि छोडेन कानूनले

 मङ्लबार, भदौ ५, २०७५ | onlinenews
Share this

रामेछाप-जिल्ला प्रहरी कार्यालय रामेछापले ३५ वर्ष अघि जेल सजाय तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
३५ वर्षदेखि फरार सुनापाति गाउँपालिका–५ खनियापानीका ७० वर्षिय छेवाङ्ग तामाङलाई पक्राउ गरेको हो ।
वि.स.२०३१ साल असोज १५ गते खाँडादेवि गाउँपालिका–१ राकाथुमका हिराकाजी श्रेष्ठको हत्या गरेको कसुरमा जिल्ला अदालत रामेछपले २०४० साल असार २० गते १० वर्ष कैदको फैसला गरेको थियो ।
जेल सजाय तोकिए पनि फरार रहेका छेवाङ्ग तामाङलाई रामेछाप प्रहरीले साउन २८ गते रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–८ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले जानकारी दिए ।
फारार तामाङ लुकिछिपि लामा काम गर्दै आएका थिए । फरार अभियुक्त पक्राउ गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको प्रहरी सहायक निरीक्षकाद्धय रामबहादुर घिसिङ्ग र विरेन्द्रकुमार खड्कालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको पनि डिएसपी सिंहले जानकारी दिए ।
तामाङलाई जेल सजाय भुक्तानको लागि जिल्ला कारागार रामेछाप पठाइएको प्रहरीले जनाएको छ ।

Share this

प्रतिकृया

Add