बससेवा र टुवेल्भ गो गु्रपबीच अनलाइन बस टिकट सम्झौता

 मङ्लबार, भदौ ५, २०७५ | onlinenews

नेपालमा अनलाइनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित ट्राभल कम्पनी टुवेल्भ गो गु्रप (ज्ञद्द न्इ न्चयगउ० बीच अनलाइन बस टिकट बिक्री गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौतासँगै टुवेल्भ गो गु्रपको उपस्थिति रहेको विभिन्न मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अनलाइनबाट काट्न सकिन्छ । सम्झौतापत्रमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र टुवेल्भ गो गु्रपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्सी एबोलमा सोभले हस्ताक्षर गरेका छन् ।
सम्झौता भएसँगै टुवेल्भ गो गु्रपको सेवा रहेका थाइल्याण्ड, भारत, मलेसिया, सिंगापुर भियतनाम, फिलिपिन्स्, कम्बोडिया, लाओस, म्यानमार लगायतका विभिन्न मुलुकबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिनेछ ।
यी मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै टिकट काट्न सक्नेछन् । अब टुवेल्भ गो गु्रपसँगको सहकार्यले विभिन्न मुलुकबाट नेपाल आउने पर्यटक र ति मुलुकमा रहेका नेपालीले विदेशबाटै अथवा नेपालमै आइसकेपछि पनि अनलाइनबाट बिना झन्झट टिकट काट्न सक्ने बससेवा डटकमका सिइओ पि.आर खनालले बताए ।
यसले नेपालको पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेछ पनि उनले बताए । बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।
इसेवा एकाउण्ट भएका ग्राहकले इसेवा मार्फत् र एकाउण्ट नभएको अवस्थामा नजिकको इसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट, तथा अन्य साइबर कम्युनिकेशनबाट टिकट काट्न सकिनेछ ।

प्रतिकृया

Add