नेकपा रामेछापको अध्यक्षमा डिल्लीमान र सचिवमा आनन्द श्रेष्ठ

 मङ्लबार, भदौ ५, २०७५ | onlinenews

नेपाल कम्युनिष्ट पार्टी रामेछापको अध्यक्षमा डिल्लीमान तामाङ र सचिवमा आनन्द श्रेष्ठ चयन भएका छन् ।
पूर्व माओवादी रामेछापका अध्यक्ष डिल्लीमान तामाङ र पूर्व एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ पार्टी एकतापछि पनि अध्यक्ष र सचिवमै चयन भएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापको १३५ सदस्यीय जिल्ला कार्यसमिति रहने छ । जसमा पूर्व एमालेबाट ६९ जना र पूर्व माओवादीबाट ६६ जना जिल्ला कार्यसमितिमा रहने छ । अन्य जवस मोर्चाको भने जिल्ला समिति बन्न बाँकी नै रहेको छ ।

प्रतिकृया

Add