सहकारीका पदाधिकारीलाई क्षमता विकास तालिम

 शुक्रबार, भदौ १५, २०७५ | onlinenews

रामेछाप-सुनापति गाउँपालिका वडा नंं २ दिमीपोखरी र वडा नं. ५ खनियापानीमा महिलाहरुद्धारा सञ्चालीन सहकारीका पदाधिकारीलाई २ दिने क्षमता विकास तालिम दिइएको छ ।
पिएसएफ लक्जेम्वर्गको आर्थिक सहयोग तथा टिडिएच जर्मनीमार्फत सामुदायिक विकास समाजद्वारा सञ्चालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्यतथा सरसफाई परियोजनाको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
सुनापति–२ दिमीपोखरीमा गठित मिलीजुली महिला वचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी तथा संस्थापक शेयर सदस्यहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको हो ।
तालिममा २३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । त्यसैगरी सुनापति गाउँपालिका– ५ खनियापानीमा सञ्चालन गरिएको तालिममा सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाका २२ जनाको सहभागिता रहेको थियो ।
तालिममा सञ्जालका पदाधिकारीको काम, कर्तव्य र अधिकार, सञ्जालको प्रतिनिधिको भूमिका, नेतृत्व विकास र नेतृत्वमा हुनु पर्ने गुणहरु, नेतृत्वको भूमिकाजस्ता विषयमा जानकारी गराइएको थियो ।
त्यसैगरी सहकारी के हो ? हाम्रो सन्र्दभमा सहकारीको ढाँचा, यसका फाइदाहरु, सहकारी दर्ता प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा पनि जानकारी गराइएको थियो ।
सहकारी व्यवस्थापन कार्यालय, जनशक्ति, वचत र ऋण जस्ता विषय बस्तुमा परियोजना संयोजक तिलक कार्की र संस्थागत विकास सहजकर्ता मोहनकुमार सुनुवारले सहजिकरण गरेका थिए ।

प्रतिकृया

Add