शिक्षा ऐनको विरुद्धमा शिक्षक महासंघले निकाल्यो लाल्टिन जुलुस

 आइतवार, भदौ १७, २०७५ | onlinenews

रामेछाप- स्थानीय तहले आपूmखुसी शिक्षा ऐन जारी गरेको भन्दै चरणवद्ध आन्दोलनमा रहेका नेपाल शिक्षक महासंघले रामेछापको सदरमुकाम मन्थलीमा शनिबार लाल्टिन जुलुस निकालेको छ ।
२७ वुँदे मागसहित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले आफ्ना मागहरु पूरा गर्न दवाव दिने उद्देश्यले लाल्टिन जुलुस प्रदर्शन गरेको हो ।
प्रदेशको शिक्षा ऐन जारी नभई स्थानीय तहले जारी गरेको शिक्षा ऐन कार्यान्वयन नगराउँन माग गर्दै आएको नेपाल शिक्षक महासंघले केन्द्रको निर्णयअनुसार सदरमुकाम मन्थलीमा लाल्टिन जुलुस प्रदर्शन गरेको हो ।
शिक्षा क्षेत्रको विकास, सुधार र शिक्षाको गुणस्तरमा वृद्धि ल्याउन भन्दै स्थानीय तहहरुले आफनै् स्थानीय शिक्षा समिति गठन गरेर शिक्षा ऐन जारी गरेका छन् ।
नेपाल शिक्षक महासंघले संघीय तथा प्रादेशिक शिक्षा ऐन जारी नहुँदासम्म स्थानीय तहले जारी गरेको शिक्षा ऐन कार्यान्वयनमा नल्याउन जिल्ला संघहरुलाई परिपत्र गरेको छ । केन्द्रकै कार्यक्रम अनुसार जिल्ला महासंघले पनि स्थानीय तहले जारी गरेका ऐनहरु कार्यान्वयमा नल्याउने निर्णय गरेका छन् ।
सदरमुकाम मन्थलीमा बसेको महासंघको बैठकले जिल्लाका आठ ओटै स्थानीय तहहरुले बनाएका ऐन बमोजिम गठित समितिमा सहभागी नहुन संघमा आवद्ध शिक्षकहरुलाई सर्कुलर समेत जारी गरेको छ ।
यसअघि पनि शिक्षक महासंघले आफ्ना जायज मागहरु सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माग गर्दै सदरमुकाममा सिटी जुलुस प्रदर्शन गरेको थियो ।

प्रतिकृया

Add