शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गर्दै शिक्षक संघ आन्दोलनमा

 बुधबार, अशोज १७, २०७५ | onlinenews

रामेछाप- रामेछाप मन्थली नगरपालिकाले एक महिना अघि गरेको शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गर्दै नेपाल शिक्षक संघ रामेछाप आन्दोलनमा उत्रिएको छ ।
नगरपालिकाले शिक्षक सरुवाको निर्णय तत्काल कार्यान्वयन गर्न पत्राचार गरेपछि शिक्षक सरुवाको निर्णय फिर्ता गर्न माग गर्दै आएको नेपाल शिक्षक संघ आन्दोलनमा उत्रिएको हो ।
मन्थली नगरपालिकाले शिक्षक सरुवामापूर्वाग्रहि भएर नेपाल शिक्षक संघमा आबद्ध ५९ जना शिक्षकलाई नियतबस सरुवा गरेको नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष नवराज घिमिरेको आरोप छ ।
शिक्षा सम्वन्धिसंघीय तथा प्रदेशको कानुन नबनीसकेको अवस्थामा नगरपालिकाको शिक्षा समितिले आफूअनुकुल शिक्षक सरुवा गरी राजनैतिक पूर्वाग्रहि राख्नु दुखदः भएको उनको भनाई छ ।
उनले भने–‘नगरपालिकाले शिक्षक सरुवामा एकलौटि गरेर राजा बन्ने कोशिश गरेको छ श्रीपेच लगाउँदैमा राजा भईदैन त्यसैले यो निर्णय तत्काल सच्चाईयोस् ।’
नीति, बिधि, परिस्थिति बिपरित शिक्षक सरुवा गरिएकाले आन्दोलनमा उत्रनु परेको अध्यक्ष घिमिरेको दावी छ ।

शिक्षक सरुवाको निर्णय सच्चाउन नगरपालिमा डेलिगेसन जाँदा निर्णय सच्चाईने आश्वासन दिईएको थियो तर निर्णय सच्चाउनुको साटो कार्यान्वयनको लागि पत्राचार गरेर हामीमाथि अन्याय गरेको छ । हामी यो अन्याय सहने पक्षमा छैनौं घिमिरेले भने ।
चाडबाडको मुखैमा शिक्षक सरुवा गर्नु बेमौसमी बाजामा नाच्नु जस्तै हो; हाम्रो मागको सुनुवाई नभए अझ कडा आन्दोलन गर्न बाध्य हुनेछौं अध्यक्ष घिमिरेको भनाई छ ।
शिक्षा समन्वय ईकाइको भूमिकामाथिप्रश्न गर्दै ईकाइ प्रमुखको भूमिका अत्यन्त असान्दर्भिक, छद्मभेषी हुनुका साथैमिलिभगत्को क्रियाकलापमा लागेको समेत घिमिरेको आरोप छ ।

प्रतिकृया

Add