ग्रामिणको अध्यक्षमा जीवन श्रेष्ठ

 आइतवार, अशोज २१, २०७५ | onlinenews

रामेछाप-ग्रामिण बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको साधारण सभाले जीवन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
एक वर्ष पहिले भएको अधिवेशनले महेश्वर कर्माचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो । कर्माचार्यले स्वास्थ्य अश्वस्थताको कारण अध्यक्ष पदमा रहेर जिम्मेवारी बहन गर्न कठिन भएको भनि पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा बाँकी रहेको २ वर्षको अवधिका लागि श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरिएको हो ।
यस अघि श्रेष्ठ संस्थाको सचिव रहेका थिए । श्रेष्ठले सचिव पदबाट राजीनामा गरेर अध्यक्ष पदमा गएपछि सचिव पदमा दिपक केसीलाई चयन गरिएको छ भने एक रिक्त रहेको सदस्य पदमा सुमित श्रेष्ठ चयन भएका छन् ।
विगत ८ वर्षदेखि बचत तथा ऋणको कारोबार गर्दै आएको ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षको खुद नाफा १ लाख ३३ हजार कमाएको छ ।
९ सय भन्दा बढि शेयर सदस्य रहेको ग्राणिण बचत तथा ऋण सहकारी संस्थाको कारोबार ३ करोड ३२ लाख ९ सय ६२ रुपैंया रहेको छ ।
वर्षिका साधारण सभामा असल बचतकर्ता, असल ऋणी, असल ज्येष्ठ नागरिक, असल बाल बचत कर्तालाई समेत सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा खाँडादेवी गाउपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, मन्थली नगरपालिका–१ का अध्यक्ष नारायणदास श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गोबिन्दप्रसाद घिमिरे लगायतका अतिथिले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिकृया

Add