रामेछापको राकाथुममा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

 बुधबार, अशोज २४, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


रामेछाप-रामेछापको खाँडादेवि गाउँपालिका–१ राकाथुममा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
सदाझै यस वर्ष पनि समाज कल्याण मगर सेवा समितिले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
रामेछाप जिल्लालाई भलिबल खेलको मध्ययमबाट चिनाउने उद्देश्यले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको समाज कल्याण मगर सेवा समितिका महासचिव चन्द्र थापामगरले बताए ।
रचनात्मक काम गरि समाजलाई रुपान्तरण गर्न युवाहरुमा लगनशीलता, शिर्जनशीलता र अनुशासन अपरिहार्य हुने भएकाले खेलकुदको माध्यमबाट सिर्जशील र अनुशासीत युवा उत्पादन गर्ने लक्ष्य रहेको पनि मगरले बताए ।
भलिबल प्रतियोगितामा प्रथम हुनेले ४१ हजार रुपैयाँ नगद, द्धितीयले २१ हजार र तृतीयले १३ हजार रुपैयाँ नगद साथै शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने छ । साथै रामेछाप जिल्लाका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि आयोजक संस्था समाज कल्याण मगर सेवा समितिले जनाएको छ ।
खेल यही कार्तिक ३ गतेदखि ७ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिकृया

Add