भिरपानी बस दुर्घटनका घाइते सञ्जिवको उपचारको क्रममा मृत्यु

 आइतवार, कार्तिक ४, २०७५ | onlinenews

रामेछाप- गत असोज ३० गते रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानी बस दुर्घटना हुँदा घाइते हुनुभएका सञ्जीव थापामगरको उपचारको क्रममा आइतरबार मृत्य भएको छ ।
रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–३ भिरपानीमा यात्रुबाहक बस दुर्घटना हुँदा १ बालिकाको घटना स्थलमै मृत्यु भएको थियो भने २९ जना घाइते भएका थिए ।
मगरको उपचारको क्रममा मृत्यु भएपछि भिरपानी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
अन्य घाइतेहरुको उपचार भइरहेको छ । काठमाडौंबाट रामेछाप जिल्लाको गाल्पा बजार जाँदै गरेको बा ३ ख ४६७५ नम्बरको यात्रु बाहक बस खाँडादेवि गालिकाको भिरपानीस्थित सार्की पधेरो भन्ने स्थानमा दुर्घटना भएको थियो ।

प्रतिकृया

Add