वामपन्थी नेता तुलाधरको निधन

 आइतवार, कार्तिक १८, २०७५ | onlinenews

काठमाडौं– मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।
७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार उनको निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि तुलाधरलाई कात्तिक ९ गते साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।
तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो ।
उच्च रक्तचाप र मधुमेहको समस्याबाट समेत पीडित तुलाधारको पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।
मष्तिस्कघात भएर कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना भएका उनलाई मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।
नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतका चिकित्सकको टिमले तुलाधरको स्वास्थ्य जाँच गरेको थियो ।
आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।
वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्विटरमार्फत तुलाधरले नेपालको वाम आन्दोलनमा पु¥याएको योगदान सदा स्मरणीय रहने बताएका छन् ।
प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ‘वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको खबर सुन्दा मलाई अत्यन्तै दुःख लागेको छ । नेपालको वाम आन्दोलनमा उहाँले पु¥याउनु भएको योगदान सदा स्मरणीय रहनेछ प्रधानमन्त्री ओलीको ट्विटमा उल्लेख छ ।
दिवंगत तुलाधरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन् ।

प्रतिकृया

Add