खुकुरी प्रहारबाट एक गम्भीर घाइते

 बिहिबार, मंसिर १३, २०७५ | onlinenews
Share this

प्रविण मुदेल


रामेछापः जिल्लाको रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षिय पहलबहादुर सार्की छिमेकीले गरेको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन् ।
सामान्य घरायसी विवादले उग्र रुप लिएपछि छीमेकी हरिभक्त खत्रीले सार्कीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घाइते सार्कीको टाउको र हातमा गम्भीर चोट लागको छ । घाइते सार्कीको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काभ्रेको धुलीखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
साँघुटार प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले अभियुक्त खत्रीलाई खुकुरी सहित घटना स्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।

Share this

प्रतिकृया

Add