सरकारलाई दिएको समर्थन फिर्ताको औपचारिक घोषणा गर्दै मोर्चा

 बुधबार, चैत्र २, २०७३ | onlinenews

चैत्र २, काठमाडौँ । एमालेको मेची–महाकाली अभियानको क्रममा सप्तरी घटनामा प्रहरीको गोली लागि ३ जना र उपचारको क्रममा आफ्ना २ जना कार्यकर्ताको मुत्यु भएसँगै मधेशी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै एक हप्ताभित्र आफुहरुका माग पुरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी मोर्चा दिएको थियो । मोर्चाले दिएको एक हप्ताको समयसीमा मंगलबार सकिसकेको छ । एक हप्ताभित्र आफ्ना माग पुरा नभए सरकारलाई दिएको समर्थन स्वत फिर्ता हुने मोर्चाले ज्ञापन पत्रमा बताएको थियो । आज बैठक बसेर औपचारिक रूपमा सभामुखलाई पत्र पठाउने योजना रहेको एक स्रोतले मधेशवाणीलाई बतायो । तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा मंगलबार दिउँसो बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको र आज प्रधानमन्त्रीलाई भेटेर औपचारिक रूपमा समर्थन फिर्ता लिईएको जानकारी गराइने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले मधेशवाणीलाई जानकारी दिए । मोर्चासँग आबद्ध सात राजनीतिक दलका ४९ जना सांसदले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्दै आएका छन् ।

प्रतिकृया

Add