ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीको झण्डोत्तोलन कार्यक्रम

 शनिबार, चैत्र ५, २०७३ | onlinenews
Share this

चैत्र ५, रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र मन्थलीको झण्डोत्तोलन कार्यक्रम शनिबार मन्थलीमा सम्पन्न भएको छ ।
सेवा केन्द्रको मन्थलीमा रहेको भवनमा रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले झण्डोत्तोलन गरेका थिए । झण्डोत्तोलन कार्यक्रमलाई संवोधन गर्दै प्रजिअ खत्रीले समुन्नत र शान्त समाज निर्माण गर्न ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले पु¥याएको योगदाको प्रसंशा गरेका थिए ।
सेवा केन्द्रले शान्त समाज निर्माणको लागि चेतना फैलाउने काम गरेको भन्दै यस्ता कार्यमा सहयोग गर्न आपूm सधै तत्पर रहेको पनि प्रजिअ खत्रीले प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसका कार्यकारी निर्देशक गुञ्जबहादुर श्रेष्ठले ब्रम्हकुमारी राजयोगबाट प्राप्त सहज राजयोग र ध्यानको अभ्यासको माध्यमबाट मानिसको मनलाई शान्त बनाउन सहयोग पुर्याएको बताए ।
साथै ब्रह्माकुमार भरतकुमार श्रेष्ठले मानव मनबाट उत्पन्न नकारात्मक विचारलाई न्यूनीकरण गरी सकारात्मक विचारको प्रवाह बढाई जीवनमा सुख, शान्ति र आनन्दको अनुभूति गर्न राजयोग मेडिटेशनको अपरिहार्यता रहेको बताए ।
कार्यक्रम ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापकी सञ्चालिका ब्रह्माकुमारी सिता दिदीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मन्थली शहीद स्मृति बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद दाहाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंङ्गेललगायत राजयोगसँग आवद्ध ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

Share this

प्रतिकृया

Add