मन्थली दुर्घटनाको घइतेको ग्राण्डी अस्पतालमा मृत्यु

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

चैत्र ५, रामेछाप
रामेछाप सदरमुकाम मन्थलीस्थित करमबोट दुर्घटनाका घाइतेको उपचारको क्रममा ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा गोकुलगंगा गाउँपालिका–६ फर्पुका भरतविक्रम खड्काको घटना स्थलमै मृत्यु भएको थियो भने गजेन्द्र खड्का गम्भीर भाइते भएको थिए ।
रामेछापको सदरमुकामका अस्पतालमा उपचार हुन नसकेपछि हेलीकम्पटर मार्फत काठमाडौं लगिएका घाइते खड्काको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।
शुक्रबार सदरमुकाम मन्थलीस्थित करमबोटमा रामेछापकै खिम्तीतर्फ गइरहेको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको सुमोले वा २ प ८१९४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

प्रतिकृया

Add