‘संशोधनको निहुँमा चुनाव रोक्ने षड्यन्त्र’

 आइतवार, चैत्र ६, २०७३ | onlinenews

चैत ६

सुर्खेत – एमाले अध्यक्ष केपी शर्मा आलीले संविधान संसोधनको निहुँ बनाएर निर्वाचन रोक्ने षड्यन्त्रमा सरकार लागेको आरोप लगाएका छन् ।

बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने पनि उनले बताएको खबर आजको नागरिकमा छ ।

‘एमालेको जनलहर देखेर सत्ता साझेदार दल डराएर निर्वाचनदेखि भाग्न खोज्दैछन्’ मेची महाकाली अभियानको सुर्खेतमा समापन गर्दै ओलीले भने ‘हामी भाग्न दिँदैनौं, चुनाव गराएरै छाड्छौं ।’

प्रतिकृया

Add