छुरा प्रहारबाट मृत्यु

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

सुनसरी । छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१५ गणतन्त्र बस्ती बस्ने २५ वर्षीय साईला भन्ने भक्त राई र ललितटोल बस्ने १९ वर्षीय शुक्र राईको समूहबिच शनिबार एकआपसमा बादबिवाद भई छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते भएका भक्त राईको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न शुक्र राईलगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया

Add