Logo

त्रिभूवन विमानस्थल अस्थायी बन्द



काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा पूर्ण बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारीकाअनुसार गोठाटारसहितका विभिन्न क्षेत्रमा लगातार लागिरहेको आगलागी र अन्य प्रतिकूल परिस्थिति हवाई सुरक्षाका लागि जोखिमपूर्ण बनेपछि विमानस्थल बन्द गर्ने निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।

अधिकारीकाअनुसार आकाशमा भइसकेका जहाजलाई सुरक्षित अवतरण गराइएपछि बाँकी सबै उडान स्थगित गरिएका छन् । हाल विमानस्थल परिसर तथा वरिपरिको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले सम्हालिरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्