Logo

रामेछापका तामाङ समुदायले धुमधामसँग मनाए सोनाम ल्होछार



सन्तोष ढुङ्गेल


रामेछाप- मञ्जुश्री सम्वत् २८६१ औँ ढुुल ल्हो (पुख्री र सर्प वर्ष) तथा सोनाम ल्होछारको अवसरमा रामेछापका तामाङ समुदायले धुमधामसँग पर्व मनाएका छन् । रामेछापको कुल जनसङ्ख्याको झन्डै ३३ प्रतिशलको सङ्ख्यामा रहेको यो समुदायले आफ्नो संस्कृति र परम्परालाई जगेर्ना गर्न आफ्नो धर्म संस्कृति अनुसारका कार्यक्रमहरू गर्दै आएका छन् ।

तामाङ समुदायले ल्होसारको अवसरमा बिहिवार सदरमुकाम मन्थलीमा प्रवातफेरी गर्दै डम्फु र झाँकी समेत प्रदर्शन गरेका थिए । यसैगरी जिल्लाका विभिन्न पालिकाहरूमा समेत विविध कार्यक्रम गरी ल्होछार मनाइएको सोनाम ल्होछार मुल समारोह समितिले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्