कक्षा ११ र १२ का बिद्यार्थीलाई सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण

 बिहिबार, चैत्र १७, २०७३ | onlinenews

चैत्र १७ मन्थली, सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले मन्थली मा.वि मा अध्ययनरत कक्षा ११ का विद्यार्थीका लागि सुरक्षित बैदेशिक रोजगार सम्वन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ ।  सुरक्षित आप्रवासन परियोजना (सामी) को आर्थिक सहयोगमा आयोजित  अभिमुखिकरणमा कक्षा ११ का मानविकी र संकायक  ९७ जना बिद्यार्थी सहभागि थिए ।
बैदेशिक रोजगारीमा गएकाका परिवार र बिदेश जानुपूर्व लिनुपर्ने सूचना, जानकारी र अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका कार्यक्रम अधिकृत सागर बिक्रम बस्नेतले बताए । कार्यक्रममा नेपालीले बिदेशमा गर्ने काम, भोगेका समस्या र सफल उद्यमीको भिडियो सामाग्रीद्धारा विद्यार्थीलाई प्रशिक्षण दिइएको थियो ।
मन्थली मा.विको मिडिया हलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण परियोजना अन्र्तगत विद्यालय तथा आमसञ्चार कार्यक्रम अधिकृत सागर बिक्रम बस्नेतले गरेका थिए ।

वैदेशिक रोजगारिको क्रममा मृत्यु भएका र गम्भीर रोग लिई फर्किएकाका छोराछोरीका लागि छात्रबृत्ति कार्यक्रम । जसको आवेदन फर्मको लागि पिडिएफ फाइल

FEPB Scholarship documents

प्रतिकृया

Add