नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप- उर्जा, सिँचाई तथा जलस्रोत राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सरकारको “उज्यालो नेपाल” अभियानलाई सार्थक बनाउन सहकारीले सहयोग गर्नुपर्ने बताए ।
सोमवार नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकभर सहकारीको बदनाम भइरहेको अवस्थामा रामेछाप जिल्लामा भएका सबै सहकारीहरुले राम्रो काम गर्नुपर्ने उनले बताए । सहकारीले आफ्ना शेयर सदस्यहरु मध्ये भएका गरिब तथा विपन्नको पहिचाहन गरी आवश्यक कागजात सहित प्रक्रिया पूरा गरी आएमा सरकाले विपन्न परिवारलाई सरकारले निःशुल्क बिजुली बत्ती दिने पनि प्रतिवद्धता जनाए । आफू एउटा मन्त्रालयको राज्य मन्त्री भएपनि सबै मन्त्रालयसँग समन्वय गरी जिल्लाका लागि आवश्यक बजेट ल्याएर विकास निर्माणका कामहरु गर्ने पनि उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मन्थली नगर क्षेत्रभित्रका केहि सहकारीहरु समस्यामा छन् भन्ने जानकारीमा आएको तर शेयर सदस्यहरु मध्येबाट उजुरी नपरुन्जेल छानविन गर्न नमिल्ने भएकोले उजुरी परेमा आवश्यक छानविन गरिने बताए ।
सहकारीले आफ्ना शेयर सदस्यहरुलाई ब्यवसायिक ऋणमा बढी जोड दिन आग्रह गर्दैै समस्यामा परेपछि सरकारले के हेरेर बसेको छ भन्ने कुरा गलत भएको उनको भनाइ थियो । उनले सहकारीहरुले आफ्ना सदस्यहरुलाई सहुलियतमा ऋण दिन सक्ने खालको नीति बनाउन सके अझ राम्रो हुने बताए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, जिल्ला सहकारी सङ्घका सचिव नवीन केसी, नेफ्स्कुन फिल्ड कार्यालय मन्थलीका प्रमुख सूर्य थापा लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको साधारण सभामा कोषाध्यक्ष नारायण कार्कीले संस्थाले ९ लाख ५५ हजार उनान्साठ्ठी रुपैया नाफा कमाएको जानकरी दिएका थिए । सोही अवसरमा उत्कृष्ट बचतकर्ता, असल ऋणी, अधिक शेयर खरिदकर्ता, ज्येष्ठ शेयर सदस्य लगायतलाई पुरस्कृत एवम् सम्मान समेत गरिएको थियो ।
साधारण सभाले नवजागरण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा सोमेस थापालाई चयन गरेको छ । सोमवार सम्पन्न नवजागरण साकोसको २६ औँ वार्षिक साधारण सभाले सोमेस थापा अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको हो ।
सञ्चालक समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा दामोदर थापा, सचिव नारायणबहादुर कार्की, सहसचिव कविता श्रेष्ठ र कोषाध्यक्षमा भीमसेन थापा चयन भएका छन् । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा लालबहादुर मानन्धर, मनिषा माझी, सविना नेपाली, जयराम मानन्धर, रुद्रबहादुर महत र दामोदरप्रसाद घिमिरे चयन भएका छन् । त्यस्तै लेखा सुपरीक्षण समिति संयोजकमा तारानिधि सुवेदी चयन भएका छन् भने सदस्यहरुमा दिपककुमार कार्की र हसना पहरी रहेका छन् ।
नवराज पथिक नेतृत्वको निर्वाचन समितिले असोज २२ को समयसीमा राखी उम्मेवारी दर्ताको कार्यलालिका सार्वजनिक गरेकोमा सिट सङ्ख्याअनुसार नै मनोनयन दर्ता भएको र कुनै पनि पदमा कसैको पनि दाबी विरोध नपरेकाले मनोनयन दर्ता गराएका उम्मेदवारहरु स्वतः निर्वाचित भएको घोषणा गरिएको हो ।
२०५५ साल श्रावण १२ गते स्थापना भई हाल मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी र लिखु तामाकोसी गाउँपालिकालाई कार्यक्षेत्र बनाएको नवजागरण साकोसको ९ हजार ८ सय ६४ जना शेयर सदस्य रहेका छन् । उक्त साकोसको गत आर्थिक वर्षमा १ करोड ७९ लाख ७ सय ३५ रुपैयाँ ४४ पैसा नाफा कमाएको थियो ।