कार्यदलको सदस्यलाई ६ लाखको सुरक्षा सामाग्री

 शुक्रबार, चैत्र १८, २०७३ | onlinenews
Share this

चैत्र १८, रामेछाप– स्थानीय विपत तथा जलवायु उत्पानदशील समिति र सामुुदायिक खोज तथा उद्दार कार्यदलका सदस्यलाई ६ लाख बराबरको सुरक्षा सामग्री वितरण गरिएको छ ।
जलवायु परिवर्तन तथा जलवायु उत्थानशील कार्यक्रम सञ्चालन भएका १७ वडाको लागि सुरक्षा सामाग्री वितरण गरिएको हो । वडा कार्यालयको मतहतमा रहने गरि प्रत्यक वडालाई जुत्ता ३ थान, हेलमेट ३ थान ज्याकेट ४ थान, लाइफ ज्याकेट १३ थान स्टेचर, डोरी र पञ्चा प्रदान गरेको हो ।
सामान खरिद, भ्याट र ढुवानी समेत गरि ६ लाख रुपैयाँ लागेको संस्थाले जनाएको छ । स्थानीय ढुवानी खर्च पनि संस्थाले नै ब्यहोर्ने  जनाएको छ ।
सवल परियोजनाको आर्थिक सहयोगमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारको आयोजना र पहाडी समाज कल्याण केन्द्र दोरम्बाको समन्वयमा मन्थलीमा आयोजना गरिएको ५ दिने तालिमको समापन समारोहकाबीच सो सामाग्री वितरण गरिएको हो ।
सदरमुकाम मन्थलीमा आयोजना गरिएको पाँच दिने तालिममा संस्थाले कार्यक्रम सञ्चलन गरेको वडाहरुका २४ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । विपदमा परेकाहरुको कसरी उद्दार गर्ने र उद्दारकर्ता कसरी सुरक्षित भएर विपदमा परेको ब्यक्तिको उद्दार गर्ने भन्ने कुरा तालिममा सिकाइएको प्रशिक्षर्थीले बताए ।
तालिम समापन समारोहलाई संवोधन गर्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी सिताराम थापाले ५ दिनसम्म तालिममा सिकेका कुरालाई कार्यक्षत्रमा गएर ब्यवहारमा प्रयोग गर्न आग्रह गरे । वडा सचिवहरुको पनि जिम्मेवारी थपिएको भन्दै जिम्मेवारी पूरा गर्न दिर्नेशन दिए ।
त्यसैगरी सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यकार्य प्रमुख रोसन  पाख्रिनले विपदबाट हुने क्षतिलाई न्यूनिकरण गर्न र उद्दारमा खटिने उद्दारकर्मीले आफ्नो सुरक्षाको बारेमा अपनाउनु पर्ने उपायको बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिममा सहभागिहरुलाई सहभागि प्रमाण–पनि वितण गरिएको थियो । मन्थलीमा सञ्चालन गरिएको तालिमको सहजीकरण रेवतीरमन सुनुवार र हरिकुमार कार्कीले गरेका थिए ।

Share this

प्रतिकृया

Add