यी हुन् रामेछापको २ नगरपालिका र ६ गाउँपालिका मुख्य प्रतिस्पर्धी

 शनिबार, बैशाख २३, २०७४ | onlinenews

२३ वैशाख २०७४, रामेछाप – वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा तीन ठूला राजनीतिक दलबीचमै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
रामेछापमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा प्रतिस्पर्धा सहने भएको छ । जिल्लामा ९ दलले उम्मेदवारी दर्ता गराए पनि तीन ठूल्ला पार्टी बाहेका दल भने खासै प्रतिपस्र्धामा आउँने अवश्था छैन ।
जिल्लामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम, नेकपा मालेलगायत दल चुनावि मैदानमा छन् ।

जिल्लाको ठूलो नगरपालिका मन्थलीको प्रतिस्पर्धी

मन्थली नगरपालिकामा कांग्रेसबाट मेयरमा विनोद कार्की र  उपमेयरमा गंगा कार्कीको उम्मेदवारी परेको छ भने नेकपा (एमाले)बाट मेयरमा रमेश बस्नेत तथा उपमेयरमा माया कार्कीले उम्मेदवारी दिएकी छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट मेयरमा तारानारायण श्रेष्ठ उपमेयरमा रिता घिमिरले उम्मेदवारी दिएकी छन् ।
त्यस्तै र राप्रपाबाट मेयरमा रामचन्द्र कँडेल तथा उपमेयरमा रिता माझीले मनोनयनपत्र दर्ता गराएकी छन् । मन्थली नगरपालिकामा नयाँ शक्ति पार्टी नेपाल, संघीय समाजवादी फोरम र वैद्य माओवादीले भने रामबहादुर तामाङ्गलाई मेयरको लागि साझा उम्मेदवार बनाएका छन् । मन्थली नगरपालिकामा ४५ हजार ५ सय जनसंख्या रहेको यस नगरपालिकामा २७ हजार १ सय ७२ मतदाता रहेका छन् ।
मन्थली नगरपालिकामा कांग्रेस, एमाले र माओवादीको बीचमा कडा प्रतिस्पर्धा हुने अवस्था अवस्था छ । नेपाली काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका विनोद कार्की नेपाली कांग्रेका क्षेत्री सभापति हुने भने एमालेबाट मेयरको उम्मेदवार बनेका रमेश बस्नेतले पूर्व जिल्ला सभापतिको भूमिकामा रहेर काम गरिसकेका छन् । त्यसैगरी नेकपा (माओवादी) केन्द्रबाट मेयरको उम्मेदवार बनेको तारानारायण श्रेष्ठ रामेछापको जिल्लाको साविकको क्षेत्र नं. १ बाट पहिलो संविधानसभाभको निर्वाचनमा प्रत्यक्ष तर्फका संसाद हुन् । मन्थली नगरपालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

यी हुन रामेछाप नगरपालिकाका प्रतिस्पर्धी

रामेछाप नगरपालिकामा कांग्रेसबाट मेयरमा नरबहादुर थापा र उपमेयरमा सिर्जना खड्काले उम्मेदवारी दिएकी छन् । एमालेको तर्फबाट मेयरमा रोशन पाख्रिन तथा उपमेयरमा शान्तादेवी पौडेल (सापकोटा)को उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट मेयरमा शिशिर खड्गी र उपमेयरमा इन्दिरा बख्रेलले उम्मेदवारी दिएकी छन् । त्यसैगरी राप्रप्राबाट मेयरमा सरस्वती श्रेष्ठ र उपमेयरमा सिताराम ढकालले मनोनयन पत्र दर्ता गराएका छन् ।
रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा २८ हजार ६ सय जनसंख्या रहेको रहेका छ भने १८ हजार ९ सय ४९ मतदाता संख्या रहेको छ । यस नगरपालिकामा पनि ठूला तीन दलकोबीचमै प्रतिपर्धा हुने देखिएको छ ।

यी हुन् उमाकुण्ड गाउँपालिकाका उम्मेदवार

उमाकुण्ड गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा हिक्मत सुनुवार र उपाध्यक्षमा शर्मिला कार्कीको उम्मेदवारी परेको छ भने एमालेबाट अध्यक्षमा शेरबहादुर सुनुवार र उपाध्यक्षमा महारानी कार्की छन् । त्यस्तै माओवादी केन्द्रबाट मदन कालिकोटे र उपाध्यक्षमा लक्ष्मी तामाङले उम्मेदवारी दिएकी छन् । १२ हजार १ सय ९९ मतदाता संख्या रहेको उमाकुण्ड गाउँपालिकामा १७ हजार ६ सय जनसंख्या  रहको छ ।

खाडाँदेवी गाउँपालिकाका

कांग्रेसले यस गाउँपालिकामा अध्यक्षमा वेदराज लामा र  उपाध्यक्षमा मिना श्रेष्ठलाई उठाएको छ । एमालेले अध्यक्षमा प्रेम तामाङ र उपाध्यक्षमा मखमली श्रेष्ठलाई अघि सारेको छ भने माओवादी केन्द्रबाट अध्यक्षमा शिवकुमार कार्की र उपाध्यक्षमा सुकु माझीको उम्मेदवारी परेको छ । यस गाउँपालिकामा २५ हजार ८ सय जनसंख्या रहेको यस गाउँपालिकामा १६ हजार ९ सय १२ मतदाता रहेका छन् ।

गोकुलगंगा गाउँपालिकाका

कुलगंगामा कांग्रेसले अध्यक्षमा नानीबाबु बस्नेत र उपाध्यक्षमा तुलसा केसी खड्कालाई उम्मेदवार बनाएको छ । एमालेको तर्फबाट अध्यक्षमा खड्गबहादुर सुनुवार र उपाध्यक्षमा राधिका श्रेष्ठको उम्मेदवारी परेको छ । त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्षमा प्रेमबहादुर कार्की, ‘सेवक’ र उपाध्यक्षमा मञ्जु बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यस गाउँपालिकामा २० हजार जनसंख्या रहेको छ भने मतदाता संख्या १३ हजार ५ सय ८४ छन्  ।

दोरम्बा गाउँपालिका

यस गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा मानबहादुर लामा र उपाध्यक्षमा खमला थापा मगरको उम्मेदवारी परेको छ । एमालेबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा सुभद्रा पाठकको उम्मेदवारी परेको छ भने  माओवादी केन्द्रले अध्यक्षमा कमानसिंह मोक्तान र उपाध्यक्षमा कृशला घिसिङको उम्मेदवारी दिएको छ । यस गाउँपालिकामा २२ हजार ८ सय जनसंख्या रहेको छ । १५ हजार ९ सय ५५ मतदाता संख्या छ ।

लिखु गाउँपालिकाका

लिखु गाउँपालिकामा कांग्रेसले अध्यक्षमा चन्द्रबहादुर राउत र उपाध्यक्षमा कल्पना खड्कालाई उठाएको छ । त्यसैगरी एमालेबाट अध्यक्षमा गोविन्द खड्का तथा उपाध्यक्षमा दीपशिखा दाहालको उम्मेदवारी परेका छ भने माओवादी केन्द्रबाट अध्यक्षमा ध्रुव कार्की र उपाध्यक्षमा बन्दना श्रेष्ठ (पौडेल) को उम्मेदवारी परेको छ । यस गाउँपालिकामा २३ हजार जनसंख्या रहेको यस गाउँपालिकामा १४ हजार ३ सय १८ मतदाता छन् ।

सुनापति गाउँपालिकाका

सुनापातिमा कांग्रेसले अध्यक्षमा जितेन्द्र मोक्तान र उपाध्यक्षमा विनिता खड्का, एमालेबाट अध्यक्षमा प्रदीप योञ्जन र उपाध्यक्षमा पासाङडोल्मा लामालाई अघि सारेको छ भने माओवादी केन्द्रबाट अध्यक्षमा धावा लामा र उपाध्यक्षमा गीता विष्ट (चौलागाईं) को उम्मेदवारी दर्ता गराएको छ । यस गाउँपालिकामा १८ हजार जनसंख्या रहेको यस गाउँपालिकामा १४ हजार ६ सय ६६ मतदाता रहेका छन् ।
जिल्लामा रहेको अन्य साना दलहरुले भने केही गाउँपालिकाहरुमा वडा स्तरमा उम्मेदवारी दिएका भए पनि अध्यक्ष र उपाध्यक्ष पदमा भने उम्मेदवारी दर्ता गराएका छैनन् । रामेछाप जिल्ला मतदान स्थल संख्या ९० रहेको छ भने मतदान केन्द्रको संख्या १ सय ७० रहेको छ । यस जिल्लामा कुल मतदाता संख्या १ लाख ३४ हजार ६ सय २० रहेको जिल्ल निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

प्रतिकृया

Add