प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
१३ असार २०७४ काठमाडौं
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सञ्चारकर्मीहरुले पत्रकार परिचयपत्रको आधारमा समाचार संकलन गर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । सबै सञ्चारमाध्यमका पत्रकार÷फोटो पत्रकारहरुले सूचना विभागबाट प्राप्त परिचयपत्रको आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार संकलन गर्न सकिने व्यवस्था रहेको छ । स्थानीय तहको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार संकलन, छायांकन र तस्वीर लिन सकिने व्यवस्थासमेत रहेको आयोगका प्रवक्ता तथा सहसचिव सूर्यप्रसाद शर्माले जनाएका छन् ।