काँग्रेसको पार्टी कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग

 बिहिबार, असार १५, २०७४ | onlinenews

१५ असार २०७४ रामेछाप


नेपाली काँग्रेस रामेछापको पार्टी कार्यालय भवन निर्माणको लागि काँग्रेस समर्थक युवाहरुले आर्थिक संगलन गरि पार्टीलाई हस्तान्तरण गरेका छन् ।
अमेरिकामा बस्दै आएका नेपाली काँग्रेस समर्थक युवाहरुले  नेपाली काँग्रेस रामेछपको नयाँ भवन निर्माणका लागि आर्थिक सहयोग गरहेका हुन् ।
बुधवार एक समारोहकाबीच अमेरिकास्थित नेपाली काँग्रेस भवन निर्माण समिति मार्पmत संकलित २ लाख ४७ हजार २ सय रुपैयाँको चेक पार्टी सभापति लवश्री न्यौपानेलाई पार्टी कार्यालयमै पुगेर हस्तान्तरण गरिएको हो ।
नेपाली काँग्रेसका पूर्ब महासमिति सदस्य विद्यासागर योञ्जनको संयोजकत्वमा गठित समितिका सदस्यहरुले पहिलो चरणमा संकलन गरेको २ लाख ४७ हजार २ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
नेपाली काँग्रेस रामेछापलाई हस्तान्तरण गरिएको सो रकम प्रयोगमा आएपछि थप रकम संकलन गरि पठाउने पनि अमेरिकास्थित आर्थिक संकलन समितिले जनाएको छ ।
चेक बुझ्दै सभापति न्यौपानेले आफ्नो कार्यकालमै पार्टीको भवन निर्माणले पूर्णता पाउने बताएका छन् । आगामी ५ महिनाभित्रै  भबन निर्माण कार्य सुरु गरिने सभापति न्यौपानेले बताए ।

प्रतिकृया

Add