आयोजकले जित्यो प्रतियोगिताको उपाधि
मङ्लबार, कार्तिक १३, २०८१
३१ असार २०७४
श्रीमती पत्थरीको बिरामी परिन्, आपूmसँग पैसा थिएन ९० हजार रुपैयाँ ऋण गरेर श्रीमतीको उपचार गरेँ । बैदेशिक रोजगारीको सट्टाविकल्पमा ऋण तिर्ने अर्को उपाएभएन । श्रीमतीको करकर, अनि सामाजिक दबाबको कारण मलेसियाको रोजगारीको बाटोरोजेँ । आज त्यहि रोजगारीको कारण मेरो घरबार उजाडियो ।
रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं ५ रामपुरका तिलक तामाङले आफ्नो बेदना यसरी भनिरँहदा सँगैरहेका नवनिर्वाचित् वडा अध्यक्ष भिमबहादुर तामाङको आँखाका डिलसम्म आँशू रसाए । कारण थियो तिलक र भिम सानैदेखिको साथी थिए । दुवैजना सामाजिक रुपमा पनि सक्रिय थिए । तर, गरीबि र अभावले तिलकलाई मलेसिया पु¥यायो ।
तिलक र समिता लामाको २०६० सालमा पहिलो पटक देखादेख भएको थियो । उनीहरुको पहिलो पटकको देखादेख नै मायाजालमा रुपान्तरित भयो । समिताको परिवारले सामाजिक प्रतिष्ठा देखेर नै मेरो प्रस्ताव सहज स्वीकार गरे; तिलकले विगत सम्झदै भने । अन्ततः २०६२ सालको मंसिर २२ गते परिवारको सहमतिमा बैदिक विधिअनुसार लनगाँठो कसे तिलक र समिताले ।
२०६३ साल फाल्गुण १८ गते पहिलो सन्तानको रुपमा छोरा जन्मियो । हर्षले भुइमा खुट्टो थिएन तिलकको । सामाजिक रुपमा मात्र चिनिएउनको आम्दानीकोश्रोत केहि थिएन । त्यसैले परिवारको छाक टार्ने मेलो समाउन तिलकले रामपुर भञ्ज्याङ्गमा थोरै लगानीमा चिया पसल र २ लाख पचास हजार ऋण गरेर सहकारी पसल पनि राखिदिए समितालाई । आपूm भने राजनीति र सामाजिक सेवामा नै सधै व्यस्त हुन्थ्ये ।
घरमा बस्दासधैंजसो गाउँको झैंझगडा, श्रीमान् श्रीमतीबिचमा देखिएको असमझदारीको अन्त्य गर्दै परिवारमा खुशी फर्काउन सक्रिय रहने उनले कहिल्यै कल्पना समेत गरेका थिएनन्कुनैदिन म पनि श्रीमतीको कारण न्यायको लागि भौतारिँदै हिड्नुपर्ने दिन आउँला भनेर । उनी भन्छन्– ‘कारण आफै थिएँ किनकी म मेरो श्रीमतीलाई आपूmलाई भन्दा धेरै विश्वास गर्थेँ ।
३ जनाको परिवारमा पनि अभाव बढ्दै जान थाल्यो । विदेशबाट सुटकेश बोकेर आएका परदेशी देख्दा समिता मलाई दवाव दिन थाल्थिन् । छोरालाई राम्रोसँग पढाउनु पर्छ, जग्गा किनेर घर बनाउँदा लागेको ऋण तिर्नुपर्छ, अब यहाँ बसेर केहि हुन्न विदेश जाउ भन्थिन् । एकदिन दुईदिन भन्दाभन्दै २०७१ साल आषाढको ९ गते मलेसिया उडँे ।
नजिकैको भिमेश्वर माविमा कक्षा २ मा पढ्दै गरेको छोरा भर्खर ७ वर्षको थियो । पहिलो पटक परिवारदेखि टाढा हुनुपर्दाको पीडा झन् उनको लागि बयान गरिनसक्नुको थियो, भक्कानिँदै भने । आपूm परदेशबाट नफर्कुन्जेल श्रीमतीलाई साथी हुन्छ भनि सासु आमालाई पनि समितासँगै बसिदिन आग्रह गरे । सासुले पनि मैले भने झैं गर्नुभयो ।
मलेसियामा कमाएको सबै पैसा उनको नाममा नै पठाइदिन्थे । आखिर उनले के नै गर्नुपथ्र्यो र? बस्नको लागि रामपुरमा ऋण गरेरै भए पनि पक्की घर बनाइदिएकै थिएँ ।म नहुँदा एक्लो महशुस हुन्छ भनेर सासुसँगै बस्ने व्यवस्था मिलाइदिएको थिएँ । तर, उनीप्रतिको विश्वास काँचको चूरा झैं बन्न पुग्यो, अब भने धैर्यता गुम्यो आँखाबाट छल्किएका आँशू पुछ्दै तिलक रुन थाले ।
मलेसियमामा होटलमा काम गर्थे । कमाएको पैसा जोगाएर सबैजसो उनको नाउँमा आइएमई गरिदिन्थे । बिवाह पश्चात् कहिल्यै उनको साथ नछोडेको हुँदा फुर्सदको समय उनीसँग फोनमा कुराकानी गर्थे । उनी रोएजस्तो गर्थिन्, म फकाउँथे । मेरो नाउँमा गाउँबाट विदेशिँदाको ऋण ७० हजार थियो । गएको महिना दिनपछि साथीहरुसँग ऋण गरेर ९२ हजार उनको नाउँमा घरखर्च पठाइदिएँ । दिनहरु बित्दै थिए, उनको सम्झनामा दिनहरु काट्थे । छोरा सम्झन्थे, फेसबुकमा अपलोड गरेका हरेक फोटोहरु मोवाइलमा डाउनलोड गर्थे, फुर्सदको समयमा हेर्थे । दुई बर्षसम्म यसैगरी दिन बिताएँ ।
बिस्तारै उनी घरको काममा भन्दा फेसबुकमा ब्यस्त हुन थालिन्। जतिबेला पनि उनलाई फेसबुकमा अनलाइन देख्थे । कहिलेकाहीँ फेसबुकमा धेरै समय नविताउन अनुरोध पनि गर्थे । गाउँका साथीहरुले पनि मलाई अनलाइनमा कुरा गर्दा समिताको बारेमा धेरै कुरा सुनाउँथे तर मेरो बिश्वासको कारण मैले उनलाई कहिले पनि नकारात्मक रुपमा हेरिनँउनले भने ।
उनले बिस्तारै होटल, पसल र घरको काममा ध्यानै दिन छाडिन् । बरु उनी गाउँतिरका साथीहरु जम्मा गरेर घरमै भोज लगाउने, रमाइलो गर्नेतिर लागिछिन् ।प्रायः महिना उनले मसँग उपचारको लागि भन्दै पैसा माग्थिन् । कहिले आपूmसँग भएको पैसा पठाउँथे, कहिले साथीहरुसँग ऋण गरे पठाउँथे । मैले उनको नाममा पठाएको पैसा जोड्दा ९लाख ३३ हजार पुग्छ । पैसा पठाएको भौचार देखाउँदै उनले भने ।
आजभन्दा भोलीभन्दा नेपाल फर्कने दिन आउँदै गयो । मलाई उनको बारेमा गाउँका साथीहरुले धेरै कुरा भनेका थिए । २०७३ श्रावणपछि उनी र मेरो फोनमा कुरा हुँदा राम्रोसँग सम्झाएँ । उनले ती सबै सामाजिक रुपमा लगाइएका लान्छान भनिन् । मैले पनि सबै कुरा बिर्सिए । त्यसपछिपनि दशैं, तिहार, माघेसंक्रान्ति र ल्होछार मान्न समेत पैसा पठाएँ । उनी ल्होछार मान्न काठमाडाँैगइछन् तर मलाई उपचार गर्न गएको भनेकी थिइन् । अन्ततः २०७३ सालको फाल्गुण २७ गते धादिङ्गको पुरुषसँग दोस्रो बिवाह गरी गइन्, तिलकले आफ्नो सत्यकथा सुनाए ।
उनले गरेको कारोवारको कुनै हिसाबै छैन । गाउँमा गरिखाने मेलो समाउन सहकारी पसल खोलेको थिएँ । पसलमा २ लाख पचास हजारको सामान थियो, अहिले केहि पनि छैन । उपचारका लागि भन्दै उनको दिदिबाट पनि एकलाख लिएकी रैछन् । गाउँमा रहेको नविनतम् महिला सहकारी संस्थामा पनि उनको नाउँमा ३५ हजार ऋण छ । पसलको सामान किन्ने होलसेल दोकानमा समेत २ लाख ५० हजार ऋण छ । मैले पठाएको ९ लाख ३३ हजार रुपैयाँको त झन् हिसाब किताब नै भेटिदैन ।
२०७१ साल असार महिनाको ९ गते मलेसिया गएका तिलक २०७४ असार ९ गतेकाठमाडौँ आइपुगे । काठमाडौँमा पढ्दै गरेको छोरालाई भेटेर ३ दिनपछि रामपुर फर्किए । तिलकसँग घरमा एक्लै जाने हिम्मत पनि थिएन । गाउँले साथीहरुको साथ लागेर रामपुर आइपुग्दा घरको आगन झाडीमा परिणत भएको थियो । जब दैलोबाट भित्र जान खोजे दैलोमा उम्रिएका झार देखेर सम्हालिन समेत सकेनन् ।
परिवारको खुशीका लागि विदेशिएँ, अब यो खुशी त फर्कदैन नै । मैले ३ बर्षसम्म दुःख गरेर कमाएको पैसा अशुलीका लागि कानूनी बाटो रोज्नुको विकल्प छैन तिलकले भने । उनी गएको केटासँगको फोटो सवुद भएपनि केटाको स्थायी ठेगाना समेत छैन । केटाको स्थायी ठेगाना नहँुदा प्रहरीले समेत उजुरी लिन मानेन । अब म न्यायको लागि कहाँसम्म जानुपर्ने हो ?तिलकले अन्यौलता प्रकट गरे ।